सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि होः परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं २० भाद्र । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।”

हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको उहाँले बताउनुभयो । मन्त्री डा राणाले नेपालमाा यस क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताउँदै यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको बताउनुभयो ।

नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको र १६औँ आवधिक योजनाले पहिलोपटक हेरचाहलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको पनि उहाँले बताउनुभयो । मन्त्री डा राणाले हेरचाहमा गरिने लगानीलाई खर्चका रुपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रुपमा हेरिनुपर्ने बताउँदै स्वास्थ्य र शिक्षा हेरचाहमा रहेको अहिलेको अभावलाई पूरा गर्न सके नेपालमा लाखौँ नयाँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा पनि ६० प्रतिशत महिलाहरूकै पक्षमा रहने अध्ययनहरुले देखाएको स्पष्ट गर्नुभयो ।

सीमित पूर्वाधार, दक्ष हेरचाहकर्मीको अभाव र जनचेतनाको कमी यस क्षेत्रका चुनौती रहेका र सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गरेर चुनौतीको सामना गर्न सकिने उहाँले बताउनुभयो ।

दशकौँअघिदेखि आफूहरुले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रहरुमा सुरक्षित मातृत्व तथा लैंगिक समानताका क्षेत्रमा गरेका कामहरुको स्मरण गर्दै मन्त्री डा राणाले यी सहयोग एवं अभियानहरुको गणना कमै हुने गरेपनि यस्तै कार्यक्रमहरुले नेपालमा मातृ तथा शिशु मृत्यु घटाउन ठूलो योगदान गरेको चर्चा गर्नुभयो । हेरचाहसम्बन्धी कार्यहरुबाटै महिला तथा शिशु स्वास्थ्यमा सुधार आएको र यसबाट देशकै स्वास्थ्यका सूचकहरु पनि बलिया हुँदै गएका धारणा राख्नुभयो ।

  • २० भाद्र २०८२, शुक्रबार ०८:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU