सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आज कृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा-आराधना गरिँदै

काठमाडौं ३१ श्रावण । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शनिबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ।

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। आफूले कर्मअनुसार नै फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ।​

कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्लेख छ।

जन्माष्टमीका दिन भगवान् कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ।

पौराणिक ग्रन्थहरूमा यो दिन गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ। विशेषगरी द्वादशाक्षरी (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ।

नेपाल र भारतमा रहेका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्‍छ। नेपालमा पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) को मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ।

ललितपुरका १७ औँ शताब्दीका राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार अगाडि विक्रम संवत् १६९३ मा राधा र कृष्णको मूर्ति स्थापना गरी २१ गजुरयुक्त शिखर शैलीमा ढुंगामात्र प्रयोग गरी कृष्ण मन्दिर बनाएका थिए।

  • ३१ श्रावण २०८२, शनिबार ०९:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU