सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पूर्व राज्यमन्त्री शाहसँग नाता कायमको लागि अदालतमा मुद्धा

अछाम । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहसँग नाता कायम गरी पाउ भन्दै दलित समुदायका महिला नेतृ राधिका भूजलले मुद्दा दर्ता गरेकी छिन ।

विवाह गर्छौ भनेर २४ वर्षसम्म शारीरिक सम्बन्ध राखेपनि अहिले आएर दलित समुदायको भनेर हेला गर्दै विवाह दर्ता गर्न नमानेपछि न्यायको लागि जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरेको महिला नेतृ भुजेलले बताएकी छिन ।

राज्यमन्त्री शाहले विवाह गर्ने भनेपछि आफूले २३ वर्ष अघिदेखि शारीरिक सम्बन्ध राख्दै आएको पनि भुजेलले बताएकी छिन । त्यसपछि शाहको सल्लाह अनुसार औपचारिक रुपमा १४ वर्ष अघि गोरर्खाको मनकामना मन्दिरमा गएर सिंन्दुर हालेको नेतृ भुजेलको भनाई रहेको छ । यस्तै २ वर्ष ९ महिना अघि बनाएको पासपोर्टमा पनि श्रीमान गोविन्द बहादुर शाह भनेर नाम उल्लेख गरिएको भुजेलको भनाई रहेको छ ।

पासपार्ट बनाउन वेला शाहले आफूलाई दिएको उनको सक्कल नागरिकता पनि आफूसँग नै रहेको पनि उनले बताइन । पटक पटक पूर्व राज्यमन्त्री शाहलाई विवाह दर्ता गरौं भन्दा उल्टै दलित समुदायको भनेर विवाह दर्ता गर्न नमानेपछि न्यायको लागि जिल्ला अदालत अछाममा साउन ३० गते मुद्दा हाल्न वाध्य भएको भुजेलको भनाई रहेको छ ।

भुजेलले जवान उमेरमा १५ वर्षसम्म शाहसँगै बसेपनि अहिले दलित समुदायको भनेर छोडेकोमा आक्रोस पोखेकी छिन । तिमी दलितकी छोरी म ठकुरीको छोरा भनेर जातिगत आधारमा आफूलाई विभेद गरेपछि नाता कायमको लागि अदालतमा गएको भुजेलको भनाई छ । भुजेलको मुद्दा अहिले जिल्ला अदालतमा विचारधिन अवस्थामा रहेको छ ।

यस्तै नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अछाममा आउँदा पनि विवाह गरेको भनेर स्विकार गरेको पनि भुजेलको दावि रहेको छ । राधिकाले शाहले आफ्नो अस्मिता लुटेपनि अहिले ४५ वर्षको वुढेसकालमा दलित समुदायको भनेर घर न घाँटको बनाएको भन्दै आक्रोस पोखेकी छिन । उनले अहिले आफू न्यायको लागि जिल्ला अदालतदेखि सरोकारवाला पक्षलाई गुहार्दै आएको पनि बताएकी छिन।

  • १२ पुष २०७५, बिहीबार ०४:२९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU