सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिममा छाउगोठका चिहानहरू: सर्प, आगो र बलात्कारको कहर

धनगढी। मुलुकी अपराध संहिता, २०७४ ले भन्छ — महिला रजस्वला वा सुत्केरी भएको अवस्थामा छाउपडी राख्‍न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन। त्यस्तो गरे तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ। तर यो कानुनको धज्जी उडाउँदै आज पनि सुदुरपश्चिम र कर्णालीमा छाउगोठ यथावत नै छन् ।

सुदुरपश्चिममा महिलाहरुकालागि छाउगोठ नै चिहान बनेका छन् । रजस्वला भएर छाउगोठमा बस्न बाध्य भएका महिलाहरुको बिहान कहिल्यै नहुन पनि सक्छ भन्ने परिवार ,समाज र  उनीहरु स्वयमलाई पनि थाहा छ तै पनि यो कुरितिको अन्धभक्त भएर जगेर्ना गरिरहेकाछन् । सुदुरपश्चिम प्रदेशमा मात्र विगत नौ बर्षमा छाउगोठमा नौ वटा घटना भएका छन् ।

यति बेला कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की कमला आउजीको घटनाले फेरि छाउगोठमा हुने दर्दनाक र अमानवीय घटनालाई उजागर गरेको छ।भारतमा काम गर्दै आएकी कमलाले पक्की घरसमेत निर्माण गरिन् । तर, उनको जीवन छाउगोठका कारण समाप्त भयो। असार २८ गते राति २८ वर्षीय कमलालाई  छाउगोठमा सर्पले टोक्यो । सर्पले टोकेर घाइते भएकी कमलाको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भयो ।

उनले भारतमा पसिना बगाएर पक्की घर बनाएकी थिइन्। तीन छोरालाई विद्यालय पढाउने सपना बोकेकी थिइन्। तर, कमलाले त्यही घरको ओछ्यानमा महिनावारी भएका बेला सुत्न पाइनन्। कमलाको मात्र कुरा होइन, यो समाजले यस्ता थुप्रै कमलाहरूलाई वर्षौयता परम्पराका नाममा गुमाउँदै आएको छ।

सुदूरपश्चिममा प्रत्येक वर्ष छाउगोठमा महिलामाथि यस्ता प्रकारका घटनाहरू हुने गरेका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७, कुइनेकी ४० वर्षीया सरस्वती विकलाई २०८१ माघ १३ गते छाउगोठमा सुतिरहेकै अवस्थामा बाघले आक्रमण गर्यो। घटना बेलुका सबेरै भएकाले छिमेकीको साहयताले उनी बाघको पन्जाबाट बच्न सफल भइन्।

त्यस्तै, २०७६ कात्तिक १५ गते अछामको साँफेबगर नगरपालिका–३, डिग्रेनीकी २२ वर्षीय पार्वती बुढा रावतको गोठभित्र सर्पदंशबाट ज्यान गएको थियो। २०७५ पुस २४ गते बाजुरामा छाउगोठमा सुतिरहेकी ३५ वर्षीया अम्बा बोहरा आफ्ना दुई छोरासहित तीन जनाको परिवार छाउगोठमा सदाका लागि अस्ताए। जाडो छल्न उनीहरूले छाउगोठमा बालेको आगोले गोठ जल्दा तिनै जनाको एकै चिहान बनेको थियो।

यस्तै, २०७३ कात्तिक ५ गते अछामको तिमिल्सेन गाउँकी ४५ वर्षीय डम्मरा उपाध्यायले छाउगोठभित्र निसासिएर ज्यान गुमाएकी थिइन्। जिल्लाकै गाजराकी १५ वर्षीय रोशनी तिरुवाले २०७३ कात्तिक ५ र तुर्माखाँद गाउँपालिका–३ की २१ वर्षीय गौरी वयक बुढाले २०७४ पुस २७ गते निसासिएर छाउगोठमा ज्यान गुमाउनु परेको थियो।

२०७९मंसिर ६ गते कमलबजार नगरपालिका–५ कि १३ वर्षीय र २०८१ असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ की १६ वर्षीय दुई किशोरी छाउगोठमा बलात्कृत हुनु पर्यो। त्यस्तै, बितेको एक दशक यता सुदूरपश्चिम प्रदेशमा मात्रै महिनावारी भएका बेला छाउगोठमा भएका घटनाले आठ जनाले अनाहकमै ज्यान गुमाएका छन्। भने,दुई जना बलात्कारको शिकार हुनु परेको प्रदेश प्रहरीको तथ्यांकमा छ।

सर्वोच्च अदालतले २०६२ साल बैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरेको थियो। २०६४ सालमा सरकारले कुरीति घोषणा गरेर छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका जारी ग¥यो। फौजदारी अपराध संहिताले छाउपडी प्रथालाई औपचारिक रुपमा अपराध करार गरेको छ। तर कानुन भन्दा बलिया सामाजिक कुरितिहरु भएको समाजमा महिलाहरुको ज्यान जानू सामान्य मानिन्छ ।

देशमा ३ प्रकारका सरकार छन् । तर यी तिनै प्रकारका सरकारको ध्यान मात्र छाउगोठ भत्काउने अभियानमा सिमित छ उनीहरुले छाउसोच भत्काउन खासै प्रयास गरेको देखिदैन । एकाघ घटना बाहिर आएपछि तिनै प्रकारका सरकार छाउगोठ भत्काउने अभियान चलाउँछन् । तर अभियानका रुपमा भत्काइएका छाउगोठ फेरि ठडिन्छन् । कुरितिको जरा समाजको पिँधमा यसरी गडेको छ कि जहाँ छोरी बुहारीहरुको ज्यान छाउगोठमा जाँदा समेत देउता रिसाउने डरले मानिसहरुको मानसिकताबाट हट्न सकेको छैन।

 

  • ८ श्रावण २०८२, बिहीबार १९:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU