सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

समाचार र पत्रकारिता सत्य तथ्य र प्रमाणमा आधारित हुनु पर्छः मुख्यमन्त्री पाण्डेय

पाेखरा १० असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता सुनेको भरमा वा सामाजिक सञ्जालमा आएको सूचनाका आधारमा गर्न नहुने बताएका छन्। मंगलबार पोखरामा आयोजित ‘सूचना मागौं : भ्रष्ट्राचार अन्त्य गरौं’ भन्ने मूलनाराका साथ आयाेजना गरिएको प्रमाणमा आधारित पत्रकारसताका लागि सूनाको हक  विषयक अन्तरक्रिया कार्यक्रममा उनले पत्रकारहरूले कम्तीमा पनि समाचार लेख्दा सत्य, तथ्य र प्रमाणमा आधारित भएर सरकारका राम्रा र नराम्रा पक्ष उजागर गर्नुपर्नेमा जोड दिए।

पत्रकारिताले लोकतन्त्रलाई मजबुत बनाउने भूमिका खेल्ने भन्दै मुख्यमन्त्री पाण्डेले पत्रकारहरूलाई जिम्मेवार भएर लेख्न आग्रह गरे।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद वागचनले पत्रकारिता आस्था र विचारभन्दा माथि उठी समाजका विकृति, विसङ्गति र बेथिति विरुद्ध निर्भीक कलम चलाउनु पर्नेमा जोड दिए।

महासंघका उपाध्यक्ष तारा बहादुर भण्डारीले कार्यक्रममा बोल्दै नागरिकलाई जुनसुकै कार्यालयको सूचना माग्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताए। सूचना मागेर मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने भन्दै उनले प्रमाणमा आधारित पत्रकारिताको अभ्यास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन पोखराका अध्यक्ष शलिग्राम भट्टराई, नागरिक समाजका प्रतिनिधि आनन्दराज मुल्मी लगायतले पत्रकारिताले सत्य, तथ्य र प्रमाणलाई आधार बनाएर समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे। प्रेस रजिष्टार बिमला भण्डारीले के सूचना हो र के समाचार हो भन्ने छुट्याएर नागरिक केन्द्रित र सन्तुलित रिपोर्टिङको आवश्यकता औंल्याइन्।

उनले सकारात्मक सन्देश प्रवाह हुने गरी जनताको आवाज उठाउने पत्रकारिता हुनुपर्ने बताइन्। वरिष्ठ पत्रकार नारायण कार्कीले सत्य, तथ्य, अनुसन्धानमूलक, उत्तरदायी र सन्तुलित पत्रकारिता समाज र राष्ट्रका लागि अपरिहार्य रहेको बताए।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले नागरिकका पक्षमा कलम चलाउनु पत्रकारको प्रमुख दायित्व भएको उल्लेख गरे। महासंघका महासचिव पूर्णप्रसाद मिश्रले सहजीकरण गरेको ग कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको आयोजनामा भएको थियो ।

गण्डकी प्रदेश समितिको अध्यक्षमा गुरुङ

यसैबीच उक्त कार्यक्रमका सहभागीहरुको भेलाले सुचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेशको तदर्थ समिति गठन गरेको छ समितिको अध्यक्षमा राजबहादुर गुरुङ, उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिबमा भारत कोइराला, सचिबमा कृष्ण क्षेत्री, महिला सचिबमा माया अधिकारी र कोषाध्यक्षमा टिका आचार्य रहेका छन् भने सदस्यहरुमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकर राज नहर्की, बिराज त्रिपाठी, सुभाष पौडेल, सुशिला रोका, शिबप्रसाद गौतम र मिला दराईलाई चयन गरिएको छ ।

नबनिर्बाचित समितिको पहिलो बैठकले गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई महासंघको गण्डकी प्रदेश समितिको सल्लाहकार मनोनित गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजबहादुर गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए। पोखराका अग्रज पत्रकारहरु गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिबप्रसाद बस्ताकोटी रहेको निर्बाचन सहजीकरण समितिले कार्यसमिति चयनको प्रक्रिया टुंग्याएको थियो ।

 

  • ११ असार २०८२, बुधबार ०८:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU