सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपालमा कम्तीमा ८७ हजार यौंन श्रमिक महिला

काठमाडौं  २६ जेष्ठ । नेपालमा कम्तीमा ८७ हजार यौंन श्रमिक महिला रहेको एक तथ्यांकले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आइतबार आयोजना गरेको यौंन श्रममा संलग्न व्यक्तिहरुको अधिकारको सम्बन्धमा छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालय, यौंन तथा प्रजनन् स्वास्थ्य विभागले नेपालमा ८६ हजार ८०९ यौनकर्मी भएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

यौंन श्रम र मानव बेचविखन एउटै नभएको छलफल कार्यक्रममा यौंन श्रमलाई पनि मानवअधिकारसँग जोडेर हेर्न जोड दिइएको छ । यौंन श्रमसँग जोडिएको वर्तमान कानुन, यसलाई संशोधन गर्न बनेको विधेयक र यौंन श्रमिकका लागि चाहिने कानुनबारे दिदीक्षा सिंहले प्रस्तुति दिइएकी थिइन् । वर्तमान कानुनले यौंन श्रमलाई अपराधिकरण गरेको उनले बताइन् । यौंन श्रमिकमाथि हुने हिंसा न्यूनिकरण गर्नुपर्ने, पुनस्र्थापित हुन चाहनेहरुका लागि विकल्प दिइनुपर्ने र नेपालमा पनि नोरडिक मोडलको कानुनी व्यवस्था अपनाउनुपर्ने प्रस्तुतिकरणमा सुझाइएको थियो ।

कानुन मन्त्रालयले प्रस्ताव गरेको संशोधित विधेयकले पनि यौंन श्रमलाई निरअपराधिकरण गर्न नसक्ने बताइयो । सरकारले मूल संहिताको धारा ११९ र १२० लाई संशोधन गर्ने तयारी गरेको छ । यो धारा संशोधन भए यौंन तथा एचआईभी रोगीको संख्या ह्वात्तै बढ्ने सास्व नेपालका प्रतिनिधि अधिवक्ता सञ्जय तिमल्सिनाले बताए । उनले भने, यौंनकर्मीले रेडलाइट एरिया पनि खोजेका छैनन्, नोडिक मोडल पनि चाहेका छैनन्, उनीहरुको श्रमलाई मानवअधिकारसँग जोड्न मात्र चाहेका छन् ।’

यौंन श्रमिकलाई कानुनी मान्यता नभए पनि निरअपराधिकरण हुन जरुरी रहेको छ । श्रमिकलाई अभद्र व्यवहारको दफा लगाएर प्रहरीले दुःख दिने गरेको कार्यक्रममा बताइयो । संशोधित विधेयकले यौंन श्रमिकलाई सम्बोधन गर्नेभन्दा पनि अझ दुःख दिने भएकोले यसलाई सहज बनाउन लबिङ गर्नुपर्ने कार्यक्रममा जोड दिइयो । कार्यक्रम एफडब्लुएलडीका अधिवक्ता नवीनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । उनले यौंन श्रमिकको वर्तमान कानुनी व्यवस्था र अवस्थाबारे विस्तृत रुपमा जानकारी दिएका थिए ।

  • २६ जेष्ठ २०८२, सोमबार ००:०६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU