सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अफ्रिकाका डान्सबारमा काम गर्न हिँडेका पाँच युवती भारतको गुजरातमा पक्राउ दूतावासको नक्कली कागजपत्र भेटियो

काठमाण्डौ । अन्तर्राष्ट्रिय मानव तस्करहरुले दिल्लीस्थित नेपाली दूतावासको नक्कली कागजपत्र बनाएर अफ्रिका र खाडी देशमा युवती तस्करी गरिरहेको भेटिएको छ।

भारतीय सुरक्षा अधिकारीहरुले मंगलबार ९३ पुष० गुजरातबाट पाँच नेपाली युवतीको उद्दार गरेपछि घटना बाहिर आएको हो। ‘गुजरात क्राईम ब्रान्च’ का अधिकारीहरुले वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी दुबई र अफ्रिका हिँडेका पाँचजना नेपाली युवतीलाई नियन्त्रणमा लिएको हो।

भारतीय अधिकारीहरुका अनुसार, मानव तस्करले ६ महिनाभन्दा अघि दिल्लीस्थित दूतावासबाट सरुवा भएर काठमाडौँमा रहेकी थर्ड सेक्रेटरी अस्मिता न्यौपानेले जारी गरेको नो अब्जेक्सन लेटर ९एनओसी० देखाएका थिए।

शंका लागेर जाँच गर्दा पत्र नक्कली भएको खुलेको हो। यसअघि उनीहरुले मंसिरमा दुई पटक गरेर १२ जना युवतीको तस्करी गरिसकेको पत्ता लागेको छ।

भारतीय पक्षले दिल्लीस्थित दूतावासलाई एनओसीका बिषयमा सोधपुछ गर्दै घटनाको जानकारी गराएको छ।

उनीहरुलाई दुबई र अफ्रिकाको मालबी र युगान्डा पठाइँदै थियो। नेपालखबरलाई प्राप्त एफआईआरमा काठमाडौँ, धादिङ र नवलपरासीका पाँच युवती ३० वर्षभन्दा कम उमेरका छन्। उनीहरुलाई ‘डान्सबारमा काम गर्ने’ भनिएको छ। उनीहरु एकजना नेपाली युवतीको सम्पर्कबाट गुजरात पुगेको खुलेको छ।

‘गुजरात क्राईम ब्रान्च’ का अनुसार, काठमाडौँ त्रिपुरेश्वर ठेगाना भएकी शर्मिला खड्का, कीर्तिपुरकी कामना बुढाथोकी, धादिङ रुबी भ्यालीकी निशा तामाङ र देउचुली नवलपरासीकी बिष्णु सुनार र शितल बिकको उद्दार गरिएको हो।

उद्दार भएका युवतीहरुले आफूहरु काठमाडौँका डान्सबारमा काम गर्दै आएको बताएका छन्।

उनीहरुले नेपाली युवती रिया मोक्तानले आफुहरुलाई भारतसम्म ल्याएको बताएका छन्। उनीहरुलाई नेपालबाट भारत हुँदै दक्षिणपूर्वी अफ्रिकाको मालवी, युगान्डा र दुबई लगिँदै थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा रियाले नेपालबाट भारतसम्म लैजाने र भारतमा रहेका रामु रहिमन प्रजापति, आसरार अहमद मोहम्मद मुस्तफाले अनुकूल अनुसारका भारतीय विमानस्थल प्रयोग गरेर उडाउने गरेका थिए। प्रजापति गुजरात र मुस्तफा मुम्बईमा सक्रिय थिए।

अन्तर्राष्ट्रिय सञ्जाललाई दुबईमा रहेका गोपाल शेलानी र अफ्रिकामा रहेका धिरज भन्ने ब्यक्तिले संचालन गरिरहेका थिए। यस्तै अफ्रिकाको मालबीमा असलम र उनकी नेपाली श्रीमती सीताले सञ्चालन गरिरहेका थिए।

यो घटनासँगै प्रहरीले चारवर्षअघि ‘अपरेशन इगल’ नामको कारवाही गरेर छिन्नभिन्न पारेको मानव तस्करको गिरोह सक्रिय रहेको खुलासा भएको छ। प्रहरीले डान्सबारमा कामगर्ने युवतीहरुलाई विभिन्न प्रलोभनमा अफ्रिका लैजाने गरेको घटनाको खुलासा गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोले १० चैत २०७१ मा १० जना मानव तस्करलाई पक्राउ गरेर नेपाली युवतीको अफ्रिका तस्करी संञ्जाल ध्वस्त भएको दाबी गरेको थियो।

तर भारतीय प्रहरीले मंगलबार गुजरातको अहमदाबादस्थित वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई र अफ्रिकाको युगान्डा र मलावी उड्दै गरेका पाँच नेपाली युवतीलाई नियन्त्रणमा लिएपछि मानव तस्करहरु अझै सक्रिय रहेको पुष्टि भएको छ।

रेस्टुरेन्टमा आकर्षक रोजगारीको प्रलोभन देखाई उनीहरूलाई वेश्यावृत्तिमा लगाइएको खुलेको थियो।

ब्युरोको कारवाहीमा अफ्रिकाका केन्या, तान्जानिया लगायतका देशमा नेपाली युवती लगी बिक्री गर्ने गिरोहका भारतीय नागरिकसहित ९ जनालाई पक्राउ गरेको थियो। उनीहरूले युवतीहरूलाई मोडलिङ गराई कलाकारका रूपमा देश पठाउने गरेको अनुसन्धानमा खुलेको थियो।

उक्त गिरोहले चार वर्षदेखि युवतीहरूलाई अफ्रिका, दुबई तथा मलेसिया लगायतका देशमा पठाउँदै आएको थियो। उक्त समूहबाट मात्र पाँच सयभन्दा धेरै अफ्रिकाका डान्सबारमा पुगिसकेको अनुमान गरिएको थियो।

नेपाल खबरबाट साभार

  • ६ पुष २०७५, शुक्रबार ०६:४४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU