देशैभरि सार्वजनिक यातायात ठप्प हुने अवस्था आउनुको कारण

काठमाडौं १९ राइड शेअरिङ सेवालाई नियमन गर्ने सरकारी कदमविरुद्ध आन्दोलनरत व्यवसायीहरूले काठमाण्डूस्थित नयाँ बसपार्कमा सञ्चालन नगरी राखेका बसहरू राइड शेअरिङबारे गण्डकी प्रदेश सरकारले ल्याएको एउटा नियमावलीको विरोध गर्दै आन्दोलन सुरु गरेका निजी क्षेत्रका सार्वजनिक यातायात सञ्चालकले सोमवार देशैभरि गाडी थन्क्याएर सेवा ठप्प पारेका छन्।
सार्वजनिक सवारीसाधनहरू सञ्चालन नहुँदा राजधानी काठमाण्डूसहित मुख्य सहरहरू र ग्रामीण क्षेत्रमा समेत सर्वसाधारणले सास्ती पाएका विवरणहरू आइरहेका छन्। आन्दोलनकारी व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ र अधिकारीहरूले समस्या समाधानका लागि व्यवसायीसमेत सम्मिलित एउटा टोली बनाइएको बताएका छन्। सोमवार अपराह्ण पुन: वार्ता बस्ने तय भएको गृह मन्त्रालयका अधिकारीहरू र व्यवसायीले बताएका छन्। अकस्मात् यातायात सेवा नै अवरुद्ध हुने अवस्था भोग्नु पर्दा धेरै मानिसहरूले यस्तो परिस्थिति कसरी उत्पन्न हुन पुग्यो भन्ने चासो व्यक्त गरिरहेका छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया