गृहमन्त्रीको कडा अभिव्यक्ति: ‘एक रुपैयाँको भ्रष्टाचार प्रमाणित भए राजनीतिबाटै बिदा लिन्छु’

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने चेतावनी दिएका छन्।
शनिबार साँझ काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित ढंगबाट झुटा प्रचारबाजी भइरहेको गम्भीर आरोप लगाए।
उनले भने, ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारहरू भइरहेको छ। म सबैलाई आग्रह गर्न चाहन्छु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसा मात्रै होइन, मेरो सम्पूर्ण सार्वजनिक र राजनीतिक जीवन हेरेर मूल्याङ्कन गरियोस्। यदि एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन तयार छु।’
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया