सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

विद्यार्थीहरूको क्षमता बिकासका लागि एआई प्रविधी कार्यशाला

धनगढी २३ बैशाख। सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीले धनगढीमा सुरु गरेको एआई सम्बन्धी तीन दिने कार्यशाला सेमिनार सम्पन्न भएको छ ।
विकासको लागि कृत्रिम बुद्धिमत्ता भन्ने विषयमा केन्द्रित तीन दिने सेमिनार १८ गते देखि धनगढीमा सुरु गरिएको थियो । धनगढीका विभिन्न कलेजमा व्याचलर अफ इन्फोर्मेशन म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरुलाई एआईको प्रयोग केवल प्रविधिमा सीमित नरही शिक्षादेखि स्वास्थ्य, कृषि, सुरक्षा र प्रशासनसम्म फैलिएको र यस क्षेत्रमा ठूलो करिअर सम्भावना रहेकोले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गर्नको लागि सो कार्यशाला आयोजना गरिएको प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले बताउनुभयो ।
सुदूपश्चिम प्रदेशको बजेटको दिशा कार्यकर्ता रिझ्याउने , सार्वजनिक खपत मुखी भयो भनेर आलोचना गर्दै आएका डा तारा जोशीले अबको बजेटमा एआई एक्सिलेन्स सेन्टर लगायत प्रविधी र उत्पादनमुलक होस भनेर दवाव दिन प्रदेश सभामै सो कार्यक्रम गरेका हुन् । उक्त कार्यशालामा कृत्रिम बुद्धिमत्ता (एआई) को विकास, सामाजिक तथा प्राविधिक प्रयोग, र नीति निर्माणमा प्रयोगका सम्भावनाहरूका विषयमा विद्यार्थी र विज्ञहरूसँग अन्तरक्रिया भएको उहाको भनाई छ ।

कार्यक्रममा काठमाण्डौ युनिभरसिटी एआई डिपाटमेन प्रमुख यज्ञराज पाण्डे, एआई बिज्ञ सागर उप्रेति,सुदिप श्रेष्ठ,रोशन श्रेष्ठ,संजोग नेपाली,रामप्रसाद चौधरी र भेषराज जोशीले सहभागि बिद्यार्थीहरुलाई एआई सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो ।
सेमिनारमा कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बिआईएम सङ्कायमा अध्ययनरत ७० जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

 

  • २० बैशाख २०८२, शनिबार १२:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU