सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

श्रमिकको श्रमको सम्मानका लागि न्यायपूर्ण र समातामुलक राज्य निर्माण गर्न क्रान्ति आवश्यकः महतो

काठमाडौं  १८ बैशाख । स्वदेशी मजदुरहरू अब एक पटक राष्ट्रिय मुक्ति क्रान्तिमार्फत श्रमिकहरुको श्रमको सम्मान र श्रमिकहरुको आत्मसम्मानका लागि समतामुलक राज्य निर्माण गर्न क्रान्ति आवश्यक भएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनाएका छन् ।

१३६औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विहीबार शुभकामना व्यक्त गर्दै अध्यक्ष महतोले विगतमा राष्ट्रिय मजदूरलाई झुठा आश्वासनमा फसाउने राज्यधारी सभ्रान्तहरूका विरुद्ध एकजुट भएर संघर्ष गर्नु पर्ने विन्दुमा आइ पुगेको जनाएका हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता महतोले श्रमिकहरुको श्रमको सम्मान गर्ने र श्रमिकहरूको आत्मसम्मान उच्च बनाउन न्यायपूर्ण र समतामूलक राज्य निर्माण सम्भव छ भएको बताएका हुन् ।

उनले बदलिदो परिवेशमा श्रमिकहरू विगतको जस्तो आर्थिक रुपमा नभएर सामाजिक, साँस्कृतिक र राजनैतिक रुपमा पनि शोषणको दुष्चक्रमा फसेको बताए।

‘आजको दिन हामी स्वदेशी राष्ट्रका श्रमिकहरूमा आफ्नो आत्मसम्मान उच्च बनाउने राष्ट्रिय मुक्ति क्रान्तिमार्फत दोहनकारी उपनिवेश अन्त्य गर्न पूनः एक पटक संघर्ष गर्न प्रण गर्दै बहुलराष्ट्रवादको साझा लक्ष्य प्राप्त गर्नका लागि अझ बढी प्रेरणा मिलोस’, अध्यक्ष महतोले विज्ञप्तिमा भनेका छन् ।

मे १ ले शिकागोको हेमार्केटमा सन् १८८६ मा श्रमिकहरूले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको अधिकारका लागि गरेको बलिदानीपूर्ण संघर्षको सम्झना दिलाउने भन्दै महतोले यसै संघर्षको सम्मानमा सन् १८८९ मा पेरिसमा भएको अन्तर्राष्ट्रिय समाजवादी कंग्रेसले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेको स्मरण गरे ।

‘विश्वभर झैं नेपालमा पनि श्रमिक आन्दोलनको इतिहास लामो र गौरवपूर्ण छ । राणा कालदेखी पञ्चायत विरुद्धको पहिलो जनआन्दोलन, माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलन मार्फत लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा श्रमिक वर्गको सक्रिय भूमिका थियो’, महतोले भने ‘तर ती जनयुद्ध र आन्दोलनहरू पश्चात हरेक पटक श्रमिकहरू झुठा आश्वासनहरुमा ठगिएका छन । ’

श्रमिक वर्ग अधिकांश स्वदेशी राष्ट्रका जनताहरु हुने र उनीहरुलाई उपनिवेशकारी राज्य व्यवस्थाका सिमित राज्यधारी सभ्रान्तहरूले श्रमको शोषण गर्ने मात्र हैन, उनीहरूको प्राकृतिक स्रोतहरू दोहन गर्ने, उनीहरूलाई पैतृक भूमिबाट विस्थापन गर्ने, उनीहरुको परम्परागत आस्थाका केन्द्रहरूलाई भत्काउने, उनीहरुमाथि सांस्कृतिक औपनिवेशिकता थोपर्ने आदि काम भइ रहेको महतोले जनाए ।

  • १८ बैशाख २०८२, बिहीबार १२:५४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU