खेल मैदानको अभावमा विद्यालय बन्द गरी खेलाडीलाई छनौट
डीबी विष्ट मंसीर २६ बझाङ । राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को तयारीका लागी देशै भरी बाट विभिन्न विधाका खेलाडीहरु छनोट गर्ने मा भई रहेको छ ।

खेलकुद मन्त्रालयले आउदो माघ २५ गते देखी फागुन २ गते सम्म सन्चालन गर्न लागेको आर्ठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागी बझाङ जिल्लामा समेत खेलाडीहरु छनौट गर्ने काम तिब्र रुपमा भई रहेको जिल्ला खेलकुद विकास समीतीले जनाएको छ ।
खेल मैदान अभावका कारण बझाङ जिल्लाको एयर पोर्ट र विद्यालय नै बन्द गरेर जिल्लाका खेलाडीहरुलाई छनौट गर्ने काम भै रहेको जिल्ला खेलकुद विकास समीतीका अध्यक्ष प्रकास बहादुर सिहँले बताउनु भयो ।
खेलाडीहरुलाई प्रदेशमा पठाउनका लागी मंसीर २१ गते देखी नै विभिन्न खेलमा आबद्ध खेलाडीहरुलाई छनौट गर्ने काम खेलकुद विकास समीतिले तिब्र पारेको होे ।

खेल मैदान नभएका कारण विद्यालयलाई नै बन्द गरेर भए पनी खेलाडीहरुलाई छनौट गर्ने काममा आफुहरु लागी परेको उहाँको भनाई छ । जिल्लामा खेल मैदान नभएकै कारण मंगलबार जिल्ला खेलकुद विकास समीती बझाङ नजीकै रहेको सुदुरपश्चिमाञ्चल विद्या सदन बोडीङ् स्कुल बन्द गराई जिल्ला फुल कन्ट्याक कराँते का खेलाडीहरु छनौट गरीएको खेलकुद विकास समीतीका अध्यक्ष सिहँले जानकारी दिनु भयो ।
लामो समय देखी जिल्लामा खेलमैदानको लागी पहल र कदम चाल्दै आएको बताउदै सिहँले आफ्नो क्षेत्र बाट सफल नभए पछी आफुलाई नै वाक्क दिक्क लाग्न थालेको समेत बताए ।
जिल्ला भरीमा एउटा पनी खेल मैदान नहुनु लाजमर्दो कुरा हो सिहँले भन्नु भयो गर्न सक्नेहरुले पहल गर्दैनन् हाम्रा कुराको सुनुवाई हुदैन । तर पनी अहिले हरेस खाएको छैन ।
एउटा कबर्डहल बनाउनका लागी जयपृथ्वी नगरपालीका संग समन्वय गरी झण्डै १४ करोडको डिपि आर तयार पारेका छौ । यत्रो बजेट जुटाउन समस्या हुने भएका कारण यसमा सबैले लाग्न र सहयोग गर्न समेत उहाँले अपील गर्नु भएको छ ।

जिल्लामा पटक पटक खेलकुद मन्त्रीहरु आए पनी थुप्रै आश्वसन दिने तर सहयोग नगर्ने परिपाटी रहेको स्थानीय बासिन्दाहरुको आरोप छ । जिल्लाका राजनीतीकर्मीहरु तथा माननीयहरुले पनी यस्ता खेलकुदका कार्यक्रमहरुमा सहयोग गर्ने र कबर्डहरुल बनाउन आफु लागी पर्ने भन्दै आए पनी पछी भनेका कुराहरु भुल्ने प्रवृतीका कारण जिल्लामा एउटा पनी खेलमैदान बन्न नसकेको सुर्मा गाँउपालीकाका भलीबल खेलाडी कलक विकले बताउनु भयो ।
खेतबारी मा खेलकुद सिक्दै यहाँका थुप्रै खेलाडीहरुले राष्ट्रीय स्तर सम्म खेल खेली सकेको बताउदै किले खेल मैदान भए थप प्रगती हुने समेत बताए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बाँकेको नेपालगंज, कोहलपुर र बर्दीयामा हुने छ । बझाङ जिल्ला बाट महीला पुरुष भलीबल, फुटबल, क्रिकेट, बक्सीङ् लगायतका खेलमा भाग लिन खेलाडीहरु छनौट गरी प्रदेशमा पठाउने तयारी भइ रहेको जिल्ला खेलकुद विकास समीतीले जनाएको छ । प्रदेश स्तरी खेलकुद कहीले हुने भन्ने टुङ्गो भने लाग्न सकेको छैन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया