सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अभिनेत्री नम्रता श्रेष्ठका नेपथ्यका प्रेमी

काठमाडौं । जीवनका उतारचढाव र गोप्यता बजारीकरण भएपछि अभिनेत्री नम्रता श्रेष्ठबारेको आमधारणामा केही परिवर्तन आयो । त्यहि धारणासँग लड्दालड्दै उनी डिप्रेशनमा पनि पुगिन् । तर, जीवनसँग संघर्ष गर्ने विषयमा उनी नडराएको एउटा अन्तरवार्तामा भनेकै छिन् ।

उनको जीवन अहिले चलायमान छ । खुशीका रङ्हरूले इन्द्रेणीको प्रारूप पनि लिँदैछन् । नेपाली फिल्म उद्योगमा छनौट गरेर अभिनयको कसीमा उत्रिने नम्रताको रिल जीवनको परिचर्चा अहिले बजारमा भइरहेकै छ । तर, उनको रियल जीवन पनि फरक ढंगले अघि बढिरहेको छ, नेपथ्यमा रहन मन पराउने प्रेमीका कारण ।

मंसिरको कठ्यांग्रिदो जाडोमा ‘प्रसाद’ प्रिमियरमा सिटी सेन्टर पुगेकी अभिनेत्री नम्रता ‘हट’ लुुक्समा देखिइन् । उनले फिल्मबारे केही बोलिनन् तर क्यामेराका लागि भने पोज–पोजका तस्बिर दिइन् । एउटा होइन अनेक तस्बिरमा उनी झुल्किइन् । निर्माता, निर्देशक र अन्य कलाकारसँग तस्बिरमा रमाइरहेकी नम्रतालाई नेपथ्यबाट नियाँलिरहेका थिए उनका प्रेमी दावा स्टिभेन शेर्पा ।

यो जोडी सामान्य हिसाबले मिडियामा त्यति देखिँदैन । एकजना फिल्मी पत्रकारले भने जोडीलाई नियाँले र उनीहरूको धारणा बुझ्ने कोशिश गरे । फिल्मी जीवन एकातिर र निजी जीवन अर्कातिर राख्न मन पराउँछिन् नम्रता । उस्तै छन् दावा पनि । तर, प्रेम प्रगाढ भएको साझा बक्तव्यमा पनि यो जोडी चुकेन ।

दावा भन्छन्,‘उनले १० माया गर्छिन् भने म ११ माया गर्छु । निजी जीवन भनेको बेग्लै हो, सार्वजनिक जीवन बेग्लै हुन्छ ।’ नम्रताले पनि निजी जीवनलाई मिडियामा ल्याउन मन नलागेका कारणले दावाबारेको जानकारी बाहिर नआएको बताइन् । दुवै ‘एकअर्काको समझदारी’ नै प्रेमको सफल सफर भएको ठान्छन् ।

दावाको एउटा दाबा पनि छ– उनीहरू दुवै जना एकअर्कालाई छाड्न सक्तैनन् । सम्बन्धमा कुनै शंका र उपशंका पनि छैन । त्यसमा नम्रताको समर्थन पनि थियो ।

आफ्ना प्रेमी बोकेर मिडियामा आउन अन्य अभिनेत्रीले हिचकिचाहट मानेका छैनन् । तर नम्रताका प्रेमी दावा मिडियामा आउन रुचाउँदैनन् । उनलाई फिल्मसँग पनि कुनै लगाव छैन । त्यसैले नक्सालमा एउटा विशाल रेष्टुुरेन्टमा नम्रतासँगको संयुक्त लगानी गरेका छन् ।

फिल्मीनगरीको गसिपका आधारमा दावा नम्रताका चौथो प्रेमी हुन् । तर यो जोडीको यात्रा सुरु लामै समय भइसकेको छ । खासगरी दावा हिमाल आरोही हुन् । ५ बर्षदेखि नम्रतासँगको प्रेमसम्बन्धमा छन् उनी । दावाले शिखर कञ्चनजंघाको सफल आरोहण गरे ।

उनीहरूको प्रेमको झंकार जब दावाले कञ्चनजंघा आरोहण सम्पन्न गरे त्यसपछि नम्रताको फेसबुकमा पनि देखिएको थियो ।

‘माई मेन मेकिङ वेभ्स अन द माउन्टेन, प्राउड अफ माई लभ’, उनले लेखेकी थिइन् । व्यावसाय र काममा आ–आफ्ना क्षेत्रमा सक्रिय रहेको दुवैको भनाई थियो । त्यसैले त हर्षित मुद्रामा दुवैको सम्बन्ध र व्यवस्तताबारे नम्रताले दावातिर देखाउँदै भनेकी छन्,‘उसलाई हिमाल चढ्दै फुर्सद छैन दैनिक नेपाल डटकमबाट साभार

  • २५ मंसिर २०७५, मंगलवार १०:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU