सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

तीनकुने घटनाको निसानामा परेको मिडियाको पक्षमा निर्णय लिन पत्रकार महासंघले दियो सरकारलाई सात दिने अल्टिमेटम

काठमाडौं । तिनकुनेको हिंसात्मक प्रदशर्नका बेला संचारमाध्यम र संचारकर्मीमाथि भएको हमला विरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले शनिबार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री र शाखाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार ध्यानाकर्षण पत्र बुझाएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

महासंघले मृतक पत्रकारको न्याय र उनका परिवारलाई क्षतिपूर्ति, आगजनी र ढुंगामुढा गरी क्षति पुर्याइएका संचार गृहलाई क्षतिपूर्ति,घाइते पत्रकारको उपचार, क्षति पुर्याइएका र हराएका संचार उपकरणको क्षतिपूर्ति तथा संचार गृह र संचारकर्र्मीको सुरक्षाको प्रत्याभूति नभए एक सातापछि सरकार विरूद्ध आन्दोलित हुने चेतावनी सरकारलाई दिएको छ । ध्यानाकर्षण पत्रमा आगोेमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको सम्बन्धमा छानबिन गरि दोषीहरूलाई तत्काल कारबाही गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिन, क्षति पु¥याइएका अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजनलाई क्षतिपूर्ति दिन र घाइते पत्रकारलाई क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन माग गरिएको छ ।

यस्तै विगतदेखिकै प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा संलग्नहरूलाई कानुनी कारबाही र संचार गृह तथा संचारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन महासंघले माग गरेको छ । ती मागको यथोचित सम्बोधन नभए महासंघ सरकार विरूद्ध आन्दोलित हुने महासचिव दाहालले बताए ।

गृहमन्त्री लेखकलाई महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्व अध्ययन समितिका संयोजक उमीद बागचन्द सहितको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएको हो । आचार्यले महासंघका माग सम्बोधन गर्न अनुरोध गरेका छन् भने गृहमन्त्री लेखकले मागप्रति सरकार गम्भीर रहेकाले आवश्यक परामर्शपछि निर्णय लिइने जानकारी गराए ।

यसैगरी महासंघको टोलिले मारिएका पत्रकार रजकको परिवार र आफन्तसंग भेटी छलफल गरेको छ भने अध्ययन समितिले पत्रकार रजक कार्यरत संचारगृह  एभिन्जयूजको टिमसंग छलफल गरेको छ । यसका साथै घट्ना स्थलमा नेपाल  प्रहरी सहत अवलोकन गरेको  अध्ययन समितिका संयोजक उमीद बागचन्दले जनाएका छन ।

  • १९ चैत्र २०८१, मंगलवार ००:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU