डाक्टर बागचन्द पोखराको मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो । उनलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नियुक्ति दिने छन् ।
पोखरा उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गरिएको छ ।
त्यस्तै राजश्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा पोखरा उच्च अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय परिषद्ले गरेको छ ।
शुक्रबार बसेको परिषद्को बैठकले ३५ जिल्ला न्यायाधीश नियुक्तिसँगै थप केही जिल्ला अदालतका न्यायाधीशहरूको पनि सरुवा गरेको छ ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया