सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘दुर्घटनाग्रस्त जहाजको उडानयोग्य समय ११९ घण्टा बाँकी नै थियो’

काठमाडाैँ– सौर्य एयरलाइन्सको कलसाइन ९ एन–एएमई जहाज ‘सी–चेक’ (पूर्ण परीक्षण) का लागि पोखरा जान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट उडिसकेको थियो। विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले ‘क्लियर अफ टेकअफ’ अर्थात उडान अनुमति दिएपछि जहाजले धावनमार्ग ०२ बाट उडान भरेको थियो।

एटीसीले उडान अनुमति दिनेबेलासम्म जहाजमा कुनै समस्या रहेको जानकारी ककपिटबाट आएको थिएन। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार टेकअफ भइसकेपछि जहाज आकाशमा उडेर ४०० फिट माथि पुगिसकेपछि जहाज दाहिनेतर्फ मोडियो र भुइँमा बजारियो।

त्यसपछि अनियन्त्रित भएर अगाडि गएर खाल्डोमा खसेको देखिएको छ। उडेको १५ देखि २० सेकेन्डमा जहाज खसेको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्। सो जहाज त्रिभुवन विमानस्थलको उत्तरतर्फ खसेको थियो।

त्रिभुवन विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनामा परेको थियो।

विमान दुर्घटनाग्रस्त हुँदा एक बालकसहित १८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। सकुशल उद्धार गरिएका विमान चालक मनिषरत्न शाक्यको हाल उपचार भइरहेको र उनी खतरामुक्त रहेको बताइएको छ। मृतकमध्ये एक यमनका नागरिक भएको सौर्य एयरलाइन्सले जनाएको छ। गलत दिशाबाट मोडिएको आकलन भए पनि दुर्घटनाको कारण भने खुलिनसकेको प्राधिकरणले जनाएको छ।

बाँकी थियो उडानयोग्य समय
जहाजको प्राविधिक परीक्षणका लागि ह्यांगर (जहाज मर्मतका लागि बनाइएको छुट्टै ठाउँ) मा राख्ने गरिन्छ। प्राविधिक परीक्षणका लागि सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर एक महिनाको लागि भाडामा लिएको थियो।

शुरूमा सौर्य एयरलाइन्सले विमान चालक र सहचालकसहित अन्य १७ जना प्राविधिक कर्मचारी भएको जानकारी दिएको थियो। तर एयरलाइन्सका एक कर्मचारीका श्रीमती र छोरा पनि रहेको पाइएको प्राधिकरणले जनाएको छ। नियमनअनुसार त्यसमा सम्बन्धित एयरलाइन्सका पाइलट र प्राविधिकहरू मात्र जान पाउँछन्।

“कर्मचारीको परिवार पनि गएको अनुसन्धानको विषय छ। विमानले बोक्नै नसक्ने भन्ने होइन तर सिद्धान्तत: फ्लाइटमा सम्बन्धितभन्दा अरू मान्छे चढ्न पाइँदैन,” भुलले भने। कर्मचारीको परिवार गएको विषयमा पनि अनुसन्धान गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार, सी–चेक भनेको विमानको पूर्ण परीक्षण हो र यो समयतालिका बनाएर दुई/दुई वर्षमा गरिन्छ।

“जहाज उडानको निश्चित घण्टापछि गर्ने एउटा परीक्षण हुन्छ। यो भनेको जहाजको जुनकुनै पार्ट ठीक भए पनि सुनिश्चितताको लागि परीक्षण गरिन्छ। यो भनेको गाडी किन्दा दुई/तीन महिनामा सर्भिसिङ गराउनै पर्ने भनेजस्तै हो,” भुल भन्छन्, “केही नबिग्रिए पनि सर्भिसिङ गराउनुपर्ने खालको चेक थियो अहिलेको।”

सी–चेक गर्दा विमानको पार्टपुर्जाको छुट्टाछुट्टै निरीक्षण गरिन्छ। सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त उक्त जहाजको उडानयोग्य समय ११९ घण्टा बाँकी रहेको पनि प्राधिकरणले जनाएको छ। सौर्य एयरलाइन्सले दुई वर्षअघिसम्म विदेशमा गएर पूर्ण परीक्षण गराउँदै आएको थियो। विमानको सी–चेकको अवधि साधरणतया २०/२५ दिनसम्म हुनसक्ने प्राधिकरणको भनाइ छ।

जहाज कति पुरानो?
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज २१ वर्ष ४ महिनाअघि बनेको थियो। ५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान क्यानडानमा सन् २००३ अप्रिल (२०६० वैशाख) मा बनेको हो। शुरूमा अमेरिकी वायुसेवा कम्पनी एट्लान्टिक कोस्ट एयरलाइन्सले २००३ मा किनेको उक्त जहाज त्यसपछि अमेरिकाकै इन्डिपेन्डेन्स एयरले जुन २००७ सम्म उडायो।

नाइजेरियाको एरिक एयरले एक वर्ष चलाएपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसले किन्यो। उसले नौ वर्ष उडाएपछि जनवरी २०१७ मा पुन: उक्त विमान अमेरिकाको एरोलिजले किन्यो । सौर्य एयरलाइन्सले मार्च २०१७ मा किनेर उडाउन थालेको थियो। प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार जहाज आफैमा पुरानो हुँदैन तर पार्टपुर्जाको आयु हुन्छ। “हरेक पार्टको नियमितरूपमा मर्मतसम्भार गर्न निश्चित समयपछि फेर्नुपर्छ। पार्टहरूको निश्चित आयु हुन्छ, तर जहाजकै आयु भन्ने हुँदैन,” उनले भने।

जाँचबुझ आयोग गठन
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर प्राधिकरणका अधिकारीबाट जानकारी लिएका थिए। यस्तै, नियामकीय निकाय नागरिक उड्ड्यन प्राधिकरणले पनि यसबारे अनुसन्धान गर्ने जनाएको छ। हाल दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

  • १२ श्रावण २०८१, शनिबार ०१:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU