सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान-२०२४ सम्पन्‍न

काठमाडौ । नेपाली सेनाको अगुवाइमा मिति २०८० चैत्र २९ गतेबाट सुरु भएको सफा हिमाल अभियान, २०२४ बुधबार समापन्न भएको छ । यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से हिमालहरूबाट १० हजार के.जी. फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य सहित सञ्चालित अभियानमा ११ हजार के.जी. फोहोर र ४ वटा मानव शव तथा एक मानव अस्थिपञ्जर सङ्कलन गरिएको थियो ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमालहरूबाट सङ्कलित फोहोरहरू मध्ये २,२२६ के.जी. कुहिने (Bio-degradable) फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) र ८,७७४ के.जी. नकुहिने फोहोर (Non Bio-degradable) फोहोर व्यवस्थापन कम्पनी (Avni Ventures Pvt Ltd) लाई हस्तान्तरण गरिएको थियो ।  जंगी अड्डामा बुधबार आयोजित Flag In Ceremony कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रधान सेनापति प्रभुराम शर्माले विश्व वातावरण दिवसको दिनमा सफा हिमाल अभियानको समापन गर्ने अवसर पाउँदा ज्यादै हर्षित भएको बताउनु भयो ।

सम्बोधनकै क्रममा प्रधान सेनापतिले प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको अगुवाइमा नेपाल सरकारका विभिन्न मन्त्रालय, स्थानीय निकायलगायत सरोकारवाला संघसंस्थाले गरेको सामूहिक प्रयास संसारकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा हिमाल सफाइ अभियान भन्दा पनि हिमालहरूमा फोहोर नै हुन नदिनका लागि हाल विद्यमान नीति नियमहरूको कडाइका साथ पालना हुनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले नेपाली सेनाले मात्र यस प्रकारको अभियानलाई पूर्णता दिन नसक्ने हुँदा केन्द्रदेखि जनस्तरसम्म चेतना अभिवृद्धि गर्न सरोकारवाला निकायका साथै सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।

कार्यक्रममा सफा हिमाल अभियानका Campaign Leader सेनानी आदित्य कार्कीले प्रधान सेनापति समक्ष अभियान झण्डा हस्तान्तरण गरेका थिए । सोही क्रममा प्रधान सेनापतिले सफा हिमाल अभियानमा संलग्न नेपाली सेनाका सकलदर्जा तथा सहयोगी भूमिका निभाउनु भएका शेर्पा सहयोगीहरूलाई प्रधान सेनापति प्रशंसा निशान, वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, पिक प्रमोसन प्रा.लि., खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायत सम्बद्ध निकायका प्रतिनिधिहरूलाई कदर पत्र प्रदान गर्नुभयो । त्यसै गरी पर्यटन विभागका महानिर्देशक सह सचिव श्री रुद्र प्रसाद पण्डितले Campaign Leader लाई सगरमाथा आरोही ब्याच प्रदान गर्नु भएको थियो ।

नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको सहकार्यमा सन् २०१९ देखि सुरु गरेको सफा हिमाल अभियानको यो पाँचौँ संस्करण हो । हालसम्म सफा हिमाल अभियान अन्तरगत १,१९,०५६ के.जी. फोहोर र १४ वटा मानव शव तथा केही अस्थिपञ्जर सङ्कलन गरिएको छ ।

समारोहमा राष्ट्रिय सभाका माननीय सांसद सोनाम ग्याल्जेन शेर्पा, विभिन्न मन्त्रालयका सचिवहरू, रथीवृन्द, विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, पर्वतारोहण र विविध क्षेत्रका व्यक्तित्वहरू, सफा हिमाल अभियान २०२४ का सहयोगी संघसंस्थाहरुका पदाधिकारीहरू एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

  • २४ जेष्ठ २०८१, बिहीबार ०४:५४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU