निर्मलालाई न्याय र महिला हिँसा अन्त्यका लागि अछाममा देउडा खेले (भिडियो सहित)
निराजन परियार धनगढी । अछाम जिल्ला मेल्लेख गाउँपालिकाका महिलाहरुले सामुहिक रुपमा देउडा खेल्दै सरकारलाई महिला हिंसा अत्य गर भन्दै गित मार्फत माग गरेका छन् । उनिहरुले गाउँ गाउँमा चेतना छरौं कञ्चनपुरकी निर्मलालाई न्याय दे सरकार भन्दै आह्रवान गरेका छन् ।
पछिल्लो समयमा निर्मला पन्तले सरकारका कारण नै न्याय नपाएको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेको छ । अछाम मेल्लेखका महिलाहरुले महिला हिंसा,छुवाछुत अन्त्य,गल्ती गर्ने जो सुकैलाई कारर्वाही गर सरकार भन्दै देउडा खेल खेलेका छन् । सरकारलाई देउडा मार्फत गरिव जनताहरुका आवाज सुन्न पनि सरकारलाई आग्रह गरेका छन् । उनिहरुले महिला हिंसा अन्त्यको माग गर्नका लागि र चेतना जगाउनका लागि देउडा खेलेका हुन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया