अत्तरिया क्षेत्रको विकासको निम्ति पहिलो गोली खान तयार छु : नगर प्रमुख भट्ट
अत्तरियाः नेपाली सेनाले बन्दुकको बलमा तर्साउन खोजेको हो भने अत्तरियामा रहेको बसपार्क, पर्यटकीय स्थल लामितालको विकासको निम्ति पहिलो गोली खान आफू तयार रहेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । अत्तरिया बसपार्क, लामितालको पर्यटन विकास,६१ घरपरिवारको संरक्षण हाम्रो सरोकार” मूल नाराका साथ शनिबार गोदावरी नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन तथा छलफल गिष्टिको कार्यक्रम रहेको थियो । नेपाली सेनाले अत्तरिया क्षेत्रमा रहेका ६१ घरधुरी सहित बसपार्क निर्माणका लागि अगाढी बढ्दा सधै अबरोध श्रृजना भएकोले काम गर्नका लागि केन्द्र देखि पेतन सम्म धाउदा पनि निचोडमा नआएको बताए । नगरबासीलाई बन्दुकको बलमा तर्साउन खोजेको हो भने यो असम्भव रहेको र नेपाली सेना कानुन भन्दा ठूलो होइन कानूनीले समेत बताएका छन ।

अत्तरिया चोकलाई प्रहरी सेनाले भोगचलनमा लिदा यस क्षेत्रको विकासमा समस्या भएको बताए । ‘तपाई हाम्रो लागि एउटा विडम्बनाको कुरा अत्तरिया चोकमा प्रहरी र आर्मी भोगचलनमा लिनु भएको छ । सुदूरपश्चिमको ट्रन्जिट पोइन्टका रुपमा हामीले अत्तरिया चोकलाई लिने गरेका छौ’ उनले भने ‘यो क्षेत्र प्रहरी सेनाले लिदा त्यसलाई विकास गर्नको लागि आज हामीले पछि परिरहनुपरेको छ ।’

यस क्षेत्रको एउटा मात्रै उच्च शिक्षा लिने ठाउँ दुर्गालक्ष्मी बहुमुखी क्याम्पस हो उक्त क्याम्पस जाने बाटो पिच बनाउन सकिएको छैन, उधोग बाणिज्य संघ र रेडक्रसको भबन निर्माण अधुरो नै छ त्यँहा शसस्त्र प्रहरीले रोकेको छ ,’भट्टले भने,’ सुरक्षा निकाय बिकासको बाधक बन्नु हुँदैन। हामी सबै निकाय बसौँ, सुरक्षा निकायलाई कहाँ जग्गा दिनुपर्ने हो हामी आबश्यक ठाउँ दिन तयार छौं । नेपाली सेना र शशस्त्र प्रहरीले यँहाको खाली जग्गा आफ्नो हो भन्दै छन् , हाम्रो भोगाधिकार भित्र परेको छ भन्दै छन् तर म यहीं मन्चबाट बिनम्र अनुरोध गर्न चाहान्छु तपाईंहरु अत्तरियाको बिकासको बाधक बन्नु हुँदैन । ‘

कार्यक्रममा बोल्दै प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले २०६१ सालमा तत्कालीन शाही सरकारको पालामा भएको निर्णयहरु संबिधान सभा को पहिलो बैठकले नै खारेज गरिसकेकोले अहिले आएर सेनाले यो जग्गा हाम्रो हो भन्नू गैरकानुनी हुने बताए । उनले सेना प्रहरी कै कारण यस क्षेत्रका जनप्रतिनिधिले सोचे जस्तो बिकास निर्माण को कार्य गर्न नसकेको दुखेसो पोखे । यस्तै एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट ले बसपार्क र यहाँका ६१ घर परिवार हटाएर सेनाले आफ्नो संरचना बनाउने कार्यका विरुद्ध सबै एक हुनुपर्ने बताए । बसपार्क निर्माण को मुख्य अगुवाई गरेका भट्ट ले बिकास निर्माणका कार्यमा अहिलेका जनप्रतिनिधि संग हातेमालो गरेर अघि बढने उदघोष समेत गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका नेता मेघराज भट्ट ले पनि सेना प्रहरीले यहाँ को बजारीकरणमा अबरोध गर्न नहुने बताए । उनले भने- ‘सेना प्रहरी मात्रै बजारमा बस्ने हो बजार किन चाहियो ? कि त बजार को विकल्प दिनु पर्यो होइन भने १० बर्ष अघि को निर्णय अहिले आएर कार्यान्वयन गर्छौ भन्न पाइदैन । नगरपालिका को नेतृत्व को कदमलाई सबैले साथ दिए मात्रै यो मुद्दामा दबाब पुग्ने छ ।’ कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति वसन्त रोकायाले पनि सेनाको कदम विरुद्ध जनता सडकमा आउनुपर्ने स्थिति बन्न नदिन सरकार सचेत बन्नु पर्ने बताए । उनले बसपार्क निर्माणमा धेरै लगानी भैसकेकाले यसमा सेना अबरोध बन्न नहुने बताए ।
कार्यक्रम बोल्ने अधिकांश बक्ताहरुले सेनाका कदम विरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिएका थिए । कार्यक्रममा ६१ परिवारको तर्फबाट पनि घरधनीहरु ले आ आफ्नो धारणा राखेका थिए । उनिहरुले सेनाको नेतृत्व अनुसार फरक फरक निर्णय आउने गरेको गुनासो गरेका छन् । कार्यक्रममा अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशी , काँग्रेसका नगर सभापति वीर बहादुर चोखाल , युबा नेता हरि भट्टराई , वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्ट , वडा नम्बर ३ का अध्यक्ष तेजराज अबस्थि , स्थानीय रुपेश बिक लगाएतले आफ्नो धारणा राखेका थिए ।
नेपाली सेनाले शाहीकालको निर्णय अनुसार अत्तरिया बसपार्क , लामिताल र ६१ घरधुरी सहित को जग्गा आफ्नो भोकाधिकारमा परेको भन्दै आएको छ । उसले बेला बेलामा आफ्ना प्रतिनिधिहरु पठाएर बसपार्क हटाउन सांकेतिक दबाब दिन थालेको स्थानीय को आरोप छ । सेनाले कति जग्गा लिएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया