सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एघारौं फाइनल खेल्न लागेको नेपाललाई पहिलो उपाधि जित्ने अवसर

नेपाली महिला राष्ट्रिय फुटबल टिमले बिहीबार राति वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

साउदी अरेबियाको जेद्दामा नेपाली समयअनुसार राति ९:४५ बजे हुने प्रतियोगिताको फाइनलमा जित हात पारे नेपालले एघारौं फाइनल खेल्दा पहिलो उपाधि जित्नेछ।

नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। आत्मघाती गोलले पछि परेको नेपालका लागि सावित्रा भण्डारी साम्बाले बराबरी गोल गर्दा प्रिति राईले इन्जुरी समयमा उत्कृष्ट गोल गरेकी थिइन्।

जोर्डनले भने प्यालेस्टाइनललाई ५-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। पाँच पटकको च्याम्पियन जोर्डन फिफा महिला वरीयतामा ७४औं स्थानमा छ। नेपाल भने १०५औं स्थानमा छ।

प्रतियोगिताको बलियो मानिएको जोर्डनविरुद्ध नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा भने खेल्नेछैनन्। उनी फ्रेञ्च क्लबमा अनुबन्धन भएका कारण फाइनल नखेली फ्रान्सतर्फ गएकी छिन्।

फाइनल खेल फिफा विन्डोको नभएका कारण साम्बाले क्लबसँग सम्झौताका कारण फाइनल गुमाएकी हुन्। उनले प्रतियोगितामा ९ गोल गरेकी थिइन्। लेवनानविरुद्ध सेमिफाइननलमा एक गोल गरेकी साम्बाले समूह चरणमा प्यालेस्टाइनविरुद्ध दुई गोल, इराकविरूद्ध पाँच गोल र सिरियाविरुद्ध एक गोल गरेकी थिइन्।

साम्बा फ्रान्स गएसँगै अब नेपाली टिमबाट रेखा पौडेल, रश्मि घिसिङ, सविता रानामगर लगायतका फरवार्डलाई जिम्मेवारी थपिएको छ।

नेपाली महिला टिमले यसअघि दश फाइनल खेले पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन।

नेपाली टिमले साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा स्थान बनाए पनि उपाधि जित्न भनेको सकेको छैन। सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफको फाइनलमा नेपालले भारतसँग हार बेहोरेको थियो। दुई वर्षअघि सन् २०२२ मा घरेलु मैदानमा भएको साफको फाइनलमा पनि नेपालले बंगालदेशसँग पराजय भोगेको थियो।

यस्तै नेपालले तीन पटकको दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्थानमै चित्त बुझाएको छ। सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको थियो।

नेपालले २०१९ मा भारतमा भएको वुमन्स गोल्ड कपमा पनि फाइनलमा स्थान बनाएको थियो। तर नेपाली टिम उपाधि भिडन्तमा म्यानमारसँग पराजित हुन बाध्य भयो।

सन् २०१९ मै किर्गिस्तानमा भएको नाडेज्दा कपमा पनि नेपालले उपविजेतामै चित्त बुझाउन परेको थियो। नेपाली टिम उज्वेकिस्तानसँग पराजित भएको थियो।

सेताेपाटी पाेस्ट बाट

  • १७ फाल्गुन २०८०, बिहीबार १२:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU