टी-२० मा पनि नेपाल नामिबियासँग पराजित
टी-२० मा पनि नेपाल नामिबियासँग पराजित _ अन्नपूर्ण पोस्ट्
काठमाडौं । नेपाल टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित भएको छ। टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल २० रनले पराजित भएको हो।
नामिबियाले २०७ रनको विजय लक्ष्य दिए पनि नेपाल ७ बल अगावै १८६ रन बनाएर अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुल्शन झाले १२ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। नामिबियाका जान निकोल लोफ्ट इटनले कीर्तिमानी शतक प्रहार गरेका थिए। उनले ३३ बलमै सतक प्रहार गर्दै कुशल मल्लको रेकर्ड तोडेका थिए।
त्यस्दै मलान क्रुगरले अर्धसतक प्रहार गर्दै अविजित रहे। क्रुगरले ४८ बलमा २ छक्का र ६ चौकासहित ५९ रन बनाए। माइकल भान लिंगेनले १९ बलमा १ छक्का र २ चौका प्रहार गरेर २० रनको योगदान गरे। जेपी कोट्जीले १ छक्कासहित ११ रन, जान फ्रिलिंकले ५ रन बनाए।
अन्नपुर्ण पाेस्ट बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया