दादुरा–रुबेला बिरुद्धको खोप अभियान कैलालीमा १३ गते देखि संचालन हुने

धनगढी, ११ फागुन / कैलालीमा यहीँ फागुन १३ गते देखि दादुरा–रुबेला बिरुद्को खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग बिरुद्को खोप अभियान संचालन हुने भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।
नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ । कैलालीमा दादुरा–रुबेला रोग बिरुद्को खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए।ई।एफ।आई। व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने जनाएको छ ।
सुदुर पत्र बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया