एमाले कैलालीको अध्यक्षमा पाण्डे र जोशीको लडाइले ढुंगानाको पल्ला भारी

धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो २ बजेदेखि मतदानको कार्यसूची तय भएपनि प्राविधिक कारण देखाउँदै बिहीबार दिउँसो १२ देखि ५ बजेसम्मका लागि तोकिएको छ ।
एमालेको अध्यक्षमा प्यानलसहित तीन जनाले उम्मेदवारी दिएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना, कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । जोशी र पाण्डेले ढुंगानाविरुद्ध मोर्चाबन्दी गर्ने चर्चा चलेको थियो तर अन्तिममा भने उनीहरु दुवै जनाबीच कुरा नमिल्दा एकल रुपमा प्यानलसहित उम्मेदवार बनेपछि अध्यक्षका प्रत्यासी ढुंगानालाई फाइदा हुने देखिएको छ ।
दुवै जना छुट्टाछुट्टै कित्तामा उभिएका कारण मात्र होइन, अधिवेशन लम्ब्याएको दोष पनि उनीहरुमाथि लागेकाले प्रतिनिधिहरु रुष्ट छन् ।
आफ्नो कार्यकालमा पार्टीलाई गति दिन नसकेको, अस्तव्यस्त बनाएको, आफुखुसी गरेको आरोपका भागेदार समेत उनीहरु भएकाले कैलाली एमालेको नेतृत्व दुवै जनाबाट सम्भव नभएकाले उपयुक्त विकल्प ढुंगाना भएको प्रतिनिधि बताउँछन् ।
मुख्यगरि ढुंगानालाई कैलालीको राजनीतिमा सभ्य, सालिन मृदुभाषी स्वाभावका नेताका रुपमा चिन्ने गरिन्छ । उनी आम प्रतिनिधीकाविच लोकप्रिय बनेका छन । “हामीले सर्वेक्षण गर्दा आम प्रतिनिधिको रोजाईमा ढुंगाना नै परेको पार्ईन्छ । अहिलेका अध्यक्षका उम्मेदवार अर्का दुईजना दुर्गा जोशी र डेजी पाण्डे बाट खासै गति दिन नसकेको, तिनै तहको निर्वाचनमा पराजय भोग्नु परेको, पार्टी भित्र विभिन्न किसिमका विकृति र विसंगति मौलाएको छ,” प्रतिनिधि भन्छन्, “उहाँहरुलाई फेरी किन मत दिएर पार्टीको भविष्य बिर्गाने । ”
सुरुमा दुर्गा जोशी र डेजी पाण्डेको संगै मिलेर जाने अवस्था थियो तर हाल उनीहरु दुवै जना प्रतिस्पर्धामा उत्रिएका कारण ढुंगानाको जित सुनिश्चित देखिएको छ ।
ढुंगानाले कैलालीमा सामुहिक निर्णयका आधारमा एमालेलाई ससक्त र एकताबद्ध पार्टी बनाउन एजृेन्डा अघि सारेका छन् । यति मात्र नभएर आगामी दिनमा समेत पार्टी कार्यक्रर्ताको भावना अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउँदै ढुंगानाले त्यसका लागि आफूलाई अमुल्य मत दिएर विजयी गराउन समेत आग्रह गरेका छन् ।
प्रतिनिधिलिे आफ्नो अमूल्य मत दिएर अत्याधिक मतका साथ जिताउनमा विश्वस्त रहेको समेत उनको भनाई छ ।
यस्ता छन्, ढुंगानाका एजेण्डा र प्रतिबद्धताहरु
१.पार्टी सञ्चालनको आन्तरिक जीवनलाई व्यवस्थित गर्न नया सदस्यता प्रदान र नविकरणमा कुनै भेदभाव नगर्ने तथा पार्टीलाई विधि,पद्वतिअनुसार चलाउने, पार्टीभित्र मौलाएको विकृति, विसंगतिको अन्त्य गर्ने
२) संस्थागत निर्णयको आधारमा पार्टी सञ्चालन गर्ने
३) स्थानीय रूपमा जनताले भोग्नुपरेका जनजिविकाका समस्यालाई राजनीतिक ढंगले समाधान गर्नको लागि जिल्लामा छुट्टै संयन्त्र बनाउने
४) तीनै तहको निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोर्नुपरेको छ । गुमेको विरासतलाई थप उपलब्धिका साथ हाँसिल गर्नेगरि पार्टीका गतिविधिलाई अघि बढाउनेछौ । यसले गर्दा पार्टीले अघि सारेको मिसन ८४ लाई सफलताको बिन्दुमा पुगाउने सम्भव हुनेछ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया