रवि नेपाल आइडलको ‘टप ५’ मा पाए धेरै भोट
काठमाडौं, मंसिर १४ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ अन्तर्गत आज (शुक्रबार) पवन गिरी बाहिरिएका छन् । उनी दर्शकले दिएको भोटका आधारमा आइडलबाट बाहिरिएका हुन् ।
यो सँगै नेपाल आइडलको ‘टप फाइभ’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । रवि ओड, बिक्रम बराल, सुमित पाठक, अमित बराल र अस्मिता अधिकारी ‘टप फाइभ’ मा पुग्न सफल भएका छन् ।आज सुदूरपश्चिमको धनगढी अडिसनबाट आइडलमा बाँकी रहेका रविले सर्वाधिक भोट प्राप्त गरे ।
उनले कार्तिक ३० गते सर्वाजनिक गरिएको अंकमा पनि सर्वाधिक भोट पाएका थिए । आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ । नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन् । आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।
आइडलको ‘टप ५’ मा पुग्न सफल प्रतिस्पर्धी
-रवि ओड
-बिक्रम बराल
-अमित बराल
-अस्मिता अधिकारी
-सुमित पाठक
शुक्रबार, १४ मङि्सर २०७५ मा प्रकाशित
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया