सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्निर्माणलाई जनताको सेवा गर्ने अवसरको रुपमा लिन सूचना तथा सञ्चार मन्त्री शर्माकोआग्रह

सल्यान। सञ्रचा तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्वयंसेवक परिचालनको उद्घाटन गर्दै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई जनताको सेवा गर्ने बताउनु भएको छ ।

सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्प प्रभावित घरधुरीहरुको अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार, पार्टी र जनता सबैले पुनर्निर्माणलाई सेवा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनु भयो ।

भूकम्पलगत्तै प्रधानमन्त्री विहानै प्रभावित स्थल पुगेर एकै दिनमा उद्दारको काम सम्पन्न गरेको उल्लेख गर्दै उहाँले राहत र पुनर्स्थापनाको कामलाई पनि सघनरुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

सरकारले पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिदै मन्त्री शर्माले आवश्यक परे सेना प्रहरी परिचालन गर्न सकिने नीतिगत निर्णय पनि भैसकेको बताउनुभयो । सो क्रममा मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको थियो ।

मन्त्री शर्मासङ्गै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवं सल्यान इन्चार्ज नरेश भण्डारी, गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायतले श्रम गर्नुभएको थियो ।

भूकम्पबाट सल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ। ११७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १०८१ घरमा आंशिक क्षति भएको छ। पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ। १ हजार १ सय ७९ घरधुरीका ६ हजार ३ सय १८ जनसंख्या बिस्थापित भएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनु भयो ।

  • १६ मंसिर २०८०, शनिबार १२:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU