सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सबै अधिकारको संरक्षण लोकतन्त्रमा मात्रै संभव: सूचना प्रविधि मन्त्री शर्मा

दाङ । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै संभव हुने बताउनुभएको छ ।

दाङको घोराहीमा शुक्रवारदेखि सुरु भएको एम्नेष्टी इन्टरनेशन नेपाल शाखाको ३२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री शर्माले लोकतन्त्रविना मानवअधिकारको कल्पना गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ´लोकतन्त्र नहुदा आम जनताको अधिकारको अवस्था कस्तो थियो हामी धेरै भुक्तभोगी छौ, आजका पुस्ताले पनि यसको गहिरोसँग अनभूत गर्न आवश्यक छ । त्यसैले बेलाबेलामा उठ्ने र उठाउने गरिएका लोकतन्त्रविरोधी आवाजहरु पूर्णतः मानवअधिकारका विरुद्धमा छन् भनेर आम जनतालाई अझै बुझाउन आवश्यक छ । लोकतन्त्रमा मात्रै जनताका सबैखाले अधिकार सुरक्षित हुने भएकाले जानेर वा नजानेर लोकतन्त्रविरोधी गतिबिधिलाई फाइदा पुग्ने काम कतैबाट पनि हुन नदिन आम जनतालाई निरन्तर सचेत पार्नुपर्छ ।`

लोकतन्त्रमा मात्रै मानवअधिकार सुनिश्चित हुने भएकाले एम्नेष्टीजस्ता मानवअधिकारवादी संस्थाहरुले मानवअधिकार शिक्षा प्रवर्धनकै कार्यक्रममा लोकतन्त्रलाई बलियो बनाउने अभियानहरु सञ्चालन गर्न उपपयुक्त हुने सुझाव पनि मन्त्री शर्माले दिनुभयो ।

एम्नेष्टी इन्टरनेशनले विश्वब्यापीरुपमा मानवअधिकारको प्रवर्धनका लागि काम गर्दै आएको र नेपालमा पनि यो संस्थाले महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्दै उहाँले यस्ता संस्थाले चलाउने प्रवर्धनात्मक र प्रतिक्रियात्मक दुवै अभियानले नेपालमा मानवअधिकार संरक्षणको क्षेत्रमा सहयोग पुग्दै आएको बताउनुभयो ।

मन्त्री शर्माले एम्नेष्टीले उठाउदै आएका आप्रवासी श्रमिकहरूको अधिकार, दण्डहीनता अन्त्यसम्बन्धी अभियान, सङ्क्रमणकालीन न्याय, मौलिक हकको कार्यान्वयन, महिला अधिकार, न्यायमा पहुँच, भूमिमा पहुँच र आवासको अधिकार, जलवायु न्याय, मानवअधिकार शिक्षा प्रवर्धन जस्ता क्षेत्र नेपाल सरकारको प्राथमिकताका क्षेत्र भएको स्पष्ट गर्नुभयो ।

लामो राजनीतिक आन्दोलनपछि पहिलोपटक जनताका प्रतिनिधिले बनाएको संविधानबाट मुलुक चलिरहेको छ उल्लेख गर्दै उहाँले मानवअधिकारका हिसाबले हेर्ने हो भने वर्तमान संविधान संसारमै उत्कृष्ट रहेको स्पष्ट गर्नुभयो ।उहाँले भन्नुभयो- `खासगरी हामीले संविधानमा व्यवस्था मौलिकको हकको पूर्ण कार्यान्वयन गर्न सकेको खण्डमा राजनीतिकरुपमा पनि हामी धेरै अगाडि जाने छौं भने मानवअधिकार प्रधर्वनको सवालमा पनि नयाँ आयामको सुरुवात हुनेछ ।´

नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई समग्र मानवअधिकारको रुपमा बुुझ्ने गरिएको उल्लेख गर्दै मन्त्री शर्माले तमाम संघर्षको परिणामस्वरुप प्राप्त भएका नागरिक तथा राजनीतिक अधिकारलाई थप सुदृढ र सुरक्षित गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रवर्धनमा जुट्नुपर्ने बेला आएको बताउनुभयो । `यसलाई हामीले राजनीतिक भाषामा भन्दा राजनीतिक व्यवस्था बदल्यौं, जनताको अवस्था बदल्न बाँकी छ भनेको छौं । मावअधिकारको कोणबाट ब्याख्या गर्दा अवस्था बदल्ने भनेकै जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्नु हो´ उहाँले भन्नुभयो, `एम्नेष्टीलगायतका मानवअधिकारवादी संस्थाहरुले अब जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने सवालमा नै आफ्ना प्राथमिकता केन्द्रित गर्नुपर्छ ।´

मानवअधिकारको महत्वपूर्ण पक्षको रुपमा रहेको मौलिक हकको कार्यान्वयनका लागि आवश्यक धेरै कानुन निर्माण भएको र बाँकी कानुन निर्माण पनि सरकारको प्राथमिकतामा रहेको उहाँले स्पष्ट गर्नुभयो । मानवअधिकार सुनिश्चित गर्नु भनेकै विभेदरहित र समतामूलक समाजको निर्माण भएको उल्लेख गर्दै मन्त्री शर्माले नेपालको सन्दर्भमा जातीय, क्षेत्रीय, लैंगिक, भाषिक, धार्मिकलगायत तमामखाले विभेदको अन्त्यका लागि पटकपटक कहिले सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरु भएको स्मरण गराउनुभयो ।

आजसम्म नेपाली समाजमा भएका सबैखाले विभेदको अन्त्यका लागि भएका आन्दोलनहरुको परिणामस्वरुप नै राजनीतिक परिवर्तन संभव भएको स्पष्ट गर्दै उहाँले राजनीतिक परिवर्तनको उच्चतम अभिव्यक्ति संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको बताउनुभयो ।

वर्तमान सरकार मानवअधिकार संरक्षणमा दृढ संकल्पित रहेको स्पष्ट गर्दै उहाँले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट जनतालाई थप अधिकारसम्पन्न बनाउने अभियान थालेको बताउनुभयो । ´एम्नेष्टीजस्ता विभिन्न मानवअधिकारवादी संस्थाहरुले उठाएका सवालहरुलाई ध्यान दिंदै संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप आम नागरिकलाई मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छ`, मन्त्री शर्माले भन्नुभयो- ´फेरि पनि म दोहोर्याउन चाहन्छु, नेपाली जनताले गरेका विभिन्न संघर्षहरुको परिणमस्वरुप प्राप्त नागरिक तथा राजनीतिक अधिकारलाई सुदृढ गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापित गर्ने सवालमा सबै हातेमालो गरेर अघि बढौं, यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सरकार प्रतिबद्ध छ ।´
उहाँले अर्को एक प्रसङ्गमा संक्रमणकालीन न्यायको बाकी काम सहमतिबाटै पूरा गरिने र सहमति नै नभए आगामी संसद अधिवेशनबाट विधिकै आधारमा भए पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याइने बताउनुभयो ।

एम्नेष्टी इन्टरनेशनल नेपाल शाखा अध्यक्ष विपिन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना दिएका थिए । साधारणसभा दुई दिनसम्म सन्चालन हुनेछ ।

  • १५ मंसिर २०८०, शुक्रबार २२:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU