सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

द्रुत बस सेवा महिना दिनमै बन्द
"सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न मात्रै साढे दुई करोड रुपैयाँ खर्च "

काठमाडौँ । भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अबसर पारेर असोज ३ मा उद्घाटन गरिएको बस सेवा महिना दिनमै ठप्प बनेको हो । द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिवहरू यस्तो बस सेवा नेपालमा आवश्यक भए पनि पर्याप्त तयारीबिना सुरु गर्दा निरन्तरता पाउन नसकेको बताउँछन् । तर सरकारी निकायले भने तिहारपछि बस सेवा सहज रूपमा सञ्चालन हुने दाबी गर्दै आएको छ ।

द्रुत बस सेवा चलाउने लीलामणि पौडेल मुख्यसचिव हुँदादेखि नै चलेको पूर्वभौतिक सचिव रवीन्द्र श्रेष्ठले बताए । ‘यो बस सेवा सुरु गर्ने कुरा उठेपछि उपत्यकामा ६ लेन सडक नबन्दासम्म सुरु हुन नसक्ने सुझाव दिएको थिएँ,’ उनले भने, ‘छुट्टै डेडिकेटेड लेन नदिई द्रुत बस चलाउन सकिने कुरै होइन ।’ त्यो बेला माइतीघर–सूर्यविनायक बस चलाउने कुरा चलेको थियो । अहिले रत्नपार्कसम्म चलाइएको थियो ।

‘सर्भिस लेन छाडेर माइतीघरबाट उक्त बस सेवा चलाउँदा चार लेन सडक छ, यसमा एउटा लेन डेडिकेटेड रूपमा दिइसकेपछि अन्य सबै सवारी एउटा लेनमा कसरी अट्छन् ?’ उनले भने, ‘त्यसैले ६ लेन सडक नबन्दासम्म यो बस सेवा सुरु गर्न सकिन्न ।’

सडक विभाग स्रोतका अनुसार द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिन थालेको छ । यस्तो सेवा दिनु सकारात्मक भए पनि त्यसका लागि पर्याप्त पूर्वाधार आवश्यक पर्ने पूर्वसचिव अर्जुनजंग थापाले बताए ।

‘चिनियाँहरूले कोटेश्वर–कलंकी खण्ड विस्तार गर्ने बेला त्यहीअनुसार डिजाइन गर्न सकिएको भए छुट्टै लेन बन्थ्यो, त्यो सोचिएन,’ उनले भने, ‘सडक विस्तारकै क्रममा द्रुत बस चलाउने गरी लेन छुट्याउन सकेको भए अहिले रत्नपार्क–सूर्यविनायक खण्डको जस्तो समस्या भोग्नु पर्दैनथ्यो ।’ काठमाडौंमा ट्राफिक जामको समस्या धेरै हुने गरेकाले यो सेवा ठीक भए पनि सरकारले बनाउने नीति, नियममै समेटेर दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको उनको सुझाव छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा बन्द नभएको दाबी गरे । ‘दसैं र तिहारको बीचमा कम यात्रु हुने र ट्राफिक जाम पनि कम हुने भएकाले अहिले यो सेवा बन्द भएको हो,’ उनले भने, ‘तिहारपछि व्यवस्थित रूपमा सञ्चालन हुनेछ ।’

आइतबार मन्त्रालयमा सरोकारवाला निकायको उपस्थितिमा बैठक गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको संयोजकत्वमा बस सञ्चालनसम्बन्धी समिति बनाइएको छ । ‘ट्रायलका रूपमा सुरु गरेका थियौं, सकारात्मक र नकारात्मक पक्षहरू केलाउने र सेवालाई अझै भरपर्दो बनाई अगाडि बढाउनेबारे समितिले काम गरिरहेको छ,’ उनले भने । समिति संयोजक रिजालले द्रुत बस सञ्चालनबारे बिहीबार निष्कर्षमा पुगिने बताए ।

रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर छ । अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो । सडकमा रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउने/ओराल्ने व्यवस्था गरिएको थियो ।

कान्तिपुर पाेस्ट बाट

  • १५ कार्तिक २०८०, बुधबार ०९:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU