गृहमन्त्री श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन अस्पतालको आइसीयुमा उपचार
गृहमन्त्री श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन अस्पतालको आइसीयुमा उपचार _ अन्नपूर्ण पोस्ट्
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आइसीयुमा उपचार जारी रहेको छ। अस्पतालले बिहीबार दिउँसो श्रेष्ठको मेडिकल सर्टिफिकेट जारी गर्दै आइसीयुमा उपचार भइरहेको जानकारी दिएको छ।
उपप्रधानमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(OM)’मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।
आइसियुमा रहेका श्रेष्ठको अहिले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ। ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो।
चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
अन्रपुर्ण पाेस्ट बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया