सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रामायणकाल झल्किने गरी बन्दैछ विवाहमण्डप

जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित विवाह मण्डपबाट उत्तरतर्फ आकर्षक भवनहरू बन्दैछन्। चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झलक आउने गरी विवाहमण्डप बन्दैछ।

यो त्यहीँ ठाउँ हो जहाँ त्रेता युगमा राम र सीताको विवाह भएको थियो भन्ने विश्वास गरिन्छ।

गुठी संस्थानले विवाहमण्डपमा भौतिक संरचना निर्माणका लागि साढे चार बिघा जग्गा उपलब्ध गराएको छ। राम–सीताको विवाह भएको भनिएको मण्डपकै छेउमा मिथिला क्षेत्रको पौराणिकता झल्किने गरी राजा जनकको दुई तले दरबार पनि बन्दैछ। दरबारमा २५ वटा शयन कक्ष र दुई वटा भोजन कक्ष छन्। दुई वटा शौचालय छन्। स्नान कक्ष सहितको कोठा पनि छ।

वर–वधुको विश्रामका लागि दुई वटा धर्मशाला भवन बन्दै छन्। यहीँ वेदी मण्डप बनेको छ जसलाई सिँगार्ने काम हुँदैछ। एउटा स्वयंवर मण्डपसहित अन्य तीन वटा मण्डप बन्दैछन्।

‘डबल हाइट पब्लिक कोर्ट रूम’ पनि बन्दैछ जसमा ३० जना अटाउने छन्। मण्डप छेवैमा प्रसाद र शृंगारका सामान बेच्न व्यापारिक भवन पनि बनाइएको छ।

सुविधा सम्पन्न र आकर्षक यी संरचना देखेर यहाँका बासिन्दा दंग छन्।

‘त्रेतायुगको जस्तै जनक दरबार बनिरहेको छ। यहाँ सीता माताको जस्तै विवाह हुन्छ। देश विदेशबाट तीर्थालुहरू आउँछन्। व्यापार–व्यवसाय बढ्छ,’ स्थानीय किशोरी राउत कुर्मी भन्छन्, ‘धर्मको काम भइरहेको देखेर हामी धेरै खुसी छौं।’

स्थानीयवासी, विभिन्न संघसंस्था र जानकी मन्दिर व्यवस्थापनले विवाह मण्डपको सौन्दर्यीकरण र नयाँ संरचना निर्माण गर्न माग गर्दै आएका थिए।

यसै अनुसार सहरी विकास मन्त्रालयको ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत २०७४ साल माघमा सीतापुष्प वाटिका मणिमण्डपमा पूर्वाधार निर्माण गर्न ‘रविना कन्स्ट्रक्सन प्रालि’ सँग ठेक्का सम्झौता भएको थियो।

उक्त संरचना निर्माणका लागि २२ करोड ७७ लाख ९९ हजार रूपैयाँ (भ्याटबाहेक) लाग्ने अनुमान गरिएको थियो। रविना कन्स्ट्रक्सनले अनुदानभन्दा कम १८ करोड १५ लाख २२ हजार रूपैयाँमा सहरी विकास विभागसँग ठेक्का सम्झौता गरेको थियो। जग्गा विवादका कारणले काम थाल्न एक वर्ष ढिलो भयो। काम २०७५ पुसमा सुरू भयो। निर्माणको काम २०८० मंसिर २२ गते सम्पन्न गर्ने सम्झौता छ।

संघीय आयोजना कार्यान्वयन एकाइ, धनुषाका साइट सबइन्जिनियर मनोज मण्डलका अनुसार कोरोना संक्रमण महामारीका कारण निर्माण कार्यमा केही असर पर्‍यो।

उनले भने, ‘जानकी मन्दिरकै शैलीमा यी भवनहरूको डोम र गुर्जा बनाउने सम्झौता छ। त्यसअनुसार काम गर्न भारतको राजस्थानबाट बुट्टा बनाउने मिस्त्री ल्याउनुपर्‍यो, ६ वटा गुर्जा बनाउन ९ महिना लाग्यो।’

हाल धमाधम काम भइरहेको छ। प्लास्टर, पुटिङ, बुट्टा, फिनिसिङ लगायको काम हुँदैछ। मार्बल लगाइँदै छ। फर्निचर, विद्युत र पेन्टिङको काम बाँकी छ।

जनशक्ति बढाउन सक्ने हो भने निर्धारित समयमै काम सकिने मण्डलको विश्वास छ। भवनको काम सकिएपछि विवाहमण्डपभित्र चारैतिर फूलबारी बनाइने छ। विवाह मण्डप परिसरमा एउटा सानो पोखरी पनि छ जहाँ सीताले हात धोएको विश्वास गरिन्छ। पोखरी सौन्दर्यीकरणको योजना पनि छ तर अहिलेको ठेक्का सम्झौतामा समेटिएको छैन। पोखरी किनारमा चम्पादेवीको मन्दिर छ। विवाहका बेला सीताले यही मन्दिरमा पूजापाठ गरेको विश्वास छ। यो मन्दिरको पनि सौन्दर्यीकरण गर्ने योजना छ।

यहाँ बिहेका लागि आउने जोडीले सीताको ‘मडवा वेदी’ मा पूजा गर्ने चलन छ। मडवा वेदी कसरी पुनसंरचित र सौन्दर्यीकरण गर्ने भन्ने टुंगो लागेको छैन। वेदी भएको ठाउँमा उत्खनन् गर्दा पुराना गहना, सिन्दुर लगायतका सामान फेला परेको स्थानीयवासीको भनाइ छ।

विवाह मण्डपभित्र पनि त्रेताकालीन प्रमाणहरू फेला पर्ने त्यहाँका बासिन्दाको दाबी छ। यहाँ पुरातत्व विभागले उत्खनन् वा परीक्षण गरेको छैन।

विवाहमण्डपपछि अन्य भवनहरू पनि बनाउने सम्झौता छ। पगलाबाबा धर्मशाला भवन, वडा नम्बर ९ स्थित रामजानकी मन्दिर, अग्निकुण्डमा हनुमान मन्दिर, क्षत्रीय मन्दिर र चित्रगुप्त सेवा समितिको भवन पनि निर्माण गर्ने सम्झौता छ।

तीमध्ये राम मन्दिर र हनुमान मन्दिरको निर्माण भइसकेको छ। पगलाबाबा धर्मशाला र क्षत्रीय मन्दिरमा रङरोगन र विद्युतको काम बाँकी छ।

चित्रगुप्त सेवा समितिको भवनमा झ्यालढोका लगाउनेसहित केही काम बाँकी छ। विवाह पञ्चमी, राम नवमी, जानकी नवमी लगायतका पर्वमा तीर्थालु व्यवस्थापनका लागि ती धर्मशाला र भवनहरू बनाइएका हुन्।

विवाह मण्डपको काम अन्तिम चरणमा पुगेको छ तर डिजाइनमा त्रुटि भएको भन्दै केही व्यक्तिले असन्तुष्टि पनि जनाएका छन्।

विवाहमण्डपमा पूजापाठ गर्ने स्थानीयवासी दीपेन्द्र दासले भने, ‘ डिजाइन जुन हिसाबको हुनुपर्ने हो त्योसँग नमिल्ने गरी डिजाइन गरिएको छ। हामीले यहाँका इन्जिनियरलाई भन्यौं तर केही पनि जवाफ दिनुभएन।’

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले पनि विवाहमण्डप मुगल शैलीमा बनाएर त्रुटि गरेको आरोप लगाए।

उनले भने, ‘विवाहमण्डप र दरबारको डिजाइन हाम्रो मिथिला शैलीमा हुनुपर्थ्यो तर मुगल शैलीमा बनाइयो। यो गलत भयो।’

उनले पूर्वाधार निर्माणमा जानकी मन्दिर प्रशासनसँग कुनै छलफल र समन्वय नगरेको आरोप पनि लगाए।

संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाका सब इन्जिनियर मण्डलले पारित भइसकेको डिजाइन अनुसार जनक दरबार र धर्मशाला बनाउँदा थोरै त्रुटि भएको बताए।

उतराधिकारी महन्थ दासले विवाह मण्डप निर्माणपछि पर्यटक बढ्ने विश्वास व्यक्त गरे। थपिने पर्यटकका लागि थप धर्मशालाहरू पनि बनाउनु पर्ने उनको भनाइ छ।

उनी भन्छन्, ‘अहिले यहाँका होटलहरूले दुई हजारभन्दा धेरै पर्यटक धान्न सक्दैनन्। यहाँ कम्तीमा १० वटा धर्मशाला बनाउन जरूरी छ।’

विवाह मण्डपमै संग्रहालय बनाउन र रामायण कथाअनुसार मण्डप सजाउन उनको सुझाव छ।

सेताेपाटी पाेस्ट बाट

  • १२ भाद्र २०८०, मंगलवार ०६:३६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU