सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ग्रिसमा नेपाली अपहरण गरेर काठमाडौंमा फिरौती

युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए।

मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो।  उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए।

वैदेशिक रोजगारीमा गएका छोराछोरी अपहरणमा परेपछि आमाबुवाले प्रहरी गुहारेका थिए।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार साउन ३२ गते उनीहरूका आफन्तले ब्युरोमा निवेदन दिएका थिए।

‘निवेदन आउनासाथ हामीले इन्टरपोलमार्फत् ग्रिस प्रहरीलाई पनि खबर गरेर विशेष अप्रेशन चलाएका थियौं,’ अधिकारीले भने,‘दुई दिनपछि आफन्तले काठमाडौंमा फिरौती बुझाउनुभयो। केही घन्टापछि अपहरणमा परेकाहरू मुक्त हुनुभयो। लगत्तै हामीले फिरौती बुझ्नेलाई पक्राउ गरेका छौं।’

्अपहरणमा परेकाहरूका आफन्तले भदौ २ गते काठमाडौंमा २१ लाख ७५ हजार रुपैयाँ फिरौती बुझाएका थिए। फिरौती बुझेपछि नेपाली समयअनुसार राति ११ बजे अपहरणमा परेकाहरूलाई मुक्त गरिएको थियो।

युरोपमा नेपाली अपहरण गर्ने र काठमाडौंमा फिरौती लिइएको घटना नौलो प्रकृतिको भएको एसपी अधिकारीले बताए।

‘यसमा गिरोहको नै संग्लनता छ कि के छ भन्ने हामी विस्तृत अनुसन्धान गर्दैछौं,’ अधिकारीले भने।

उनका अनुसार सर्वियाबाट ग्रिस जाने बेलामा ती तीन जना नेपालीहरूलाई हिन्दी बोल्ने पाकिस्तानीहरूले अपहरण गरेको देखिएको छ।

ग्रिसमा अपहरण गरिएको भए पनि फिरौती माग्नेहरू भने नेपाली हुन् र उनीहरूले दुबईबाट परिवारसँग सम्पर्क गरेर फिरौती मागेका थिए।

यसरी फिरौती माग्ने काममा दुबई बस्ने पर्वतका दिलबहादुर थापा र कपिलवस्तुका प्रकाश बेलबासे संग्लन रहेको देखिएको छ।

उनीहरूले काठमाडौंमा धनकुटाका शिवराज कुँवर र तारकेश्वरका रामेश्वर अर्याललाई फिरौती रकम लिन लगाएका थिए।

भदौ २ गते गौरीघाटमा फिरौती रकम लिएका कुँवरलाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो।

अर्याललाई ३ गते तारकेश्वरबाट, बेलबासे र थापालाई भदौ ६ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।

उनीहरूविरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

अपहरणमुक्त भएकाहरू अहिले ग्रिसमा एनआरएन अध्यक्षको सम्पर्कमा छन्। उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको छ।

गैरकानुनी रूपमा विदेश जाँदा हुने यस्ता घटनाको अनुसन्धान तथा उद्धार गर्न जटिल हुने भएकाले श्रम स्वीकृति भएका मुलुकहरूमा कानुनी प्रक्रिया पूरा गरेर मात्र जान ब्युरोले आग्रह गरेको छ।

सेताेपाटी पाेस्ट बाट

  • ८ भाद्र २०८०, शुक्रबार १०:३२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU