सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

माकुराको जालोमा भैंसी पर्दैन, मलाई गोली हान्न सक्छन्: केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फसाउन विरोधीहरूले माकुराको जालो बुनिरहेको बताएका छन्।

बिहीबार एमालेनिकट भूपू सैनिक-प्रहरी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताएका हुन्।

‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानुन पल्टाइ-पल्टाइ फैसला–निर्णय गरेको छु। त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन,’ उनले भने, ‘माकुराको जालोमा भैंसी पर्दैन, यिनीहरूले बुझ्नुपर्छ। यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ!’

उनले आफूलाई कसैले गोली हान्न सक्ने बताए। यसमा आपत्ति नभएको उनको भनाइ छ।

‘मलाई…. पहिले पञ्चायतकालमा हुँदै नभएका कुरामा दस वर्ष कैद गर्‍यो। दस वर्ष पूरा भएपछि ४ वर्ष यसै थुन्यो। म १४ वर्ष जेल बसें,’ उनले भने, ‘त्यस्तै गर्ने हो भने बेग्लै कुरा, झूटैमा जाने हो भने बेग्लै कुरा, तर कानुनले केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन। केपी ओलीले राख्दै राख्दैन। किन केपी ओली ढुक्कले बोल्छ? यसकारण कि, मलाई थाहा छ, विरोधीहरू छन्, तिनले पाएसम्म न्यायका विरूद्ध, सत्यका विरूद्ध…,जो सत्यसँग द्रोह गर्ने मानिस हुन्छ, तिनले सत्यका विरूद्ध काम गर्छन्। त्यस्ता तत्त्व छन्। तिनीहरू आइलाग्न सक्छन्। म कानुनी रूपमा पनि सतर्क छु तिनीहरूसँग। एक शब्द कतै नचिप्लियोस् भनेर,’ उनले भने।

सामाजिक सञ्जाल अमर्यादित बन्दै गएको उनले बताए।

‘सामाजिक सञ्जाल खोलर हेर्नुस् त, के बोलेको हुन्छ त्यहाँ? के हो त्यो? के पढाइँदै छ हाम्रा केटाकेटीहरूलाई? बुद्धिजीवीमात्र होइन, बुढा वकिलहरू, निराधार… फेसबुकको हिरो हुनका लागि बोल्छन्। देखिराखेका छौं हामीले कोही–कोही मानिसहरू.. बुढा विद्वानहरू, अस्ति एउटा प्रहरीको पूर्वअफिसर बोल्दै गरेको देखेको थिएँ, मेरै नाम लिएर!,’ उनले भने।

उनले भ्रष्टाचार, तस्करीलाई छोप्न, एमालेले गर्‍यो, एमाले गर्‍यो भनेर हल्ला चलाइएको बताए।

‘यो खालको एउटा फोहोरी हावा बगेको छ,’ उनले भने, ‘एउटाले तुरून्तै छाप्छ, केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो!’

सेताेपाटी पाेस्ट बाट

  • ७ भाद्र २०८०, बिहीबार १०:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU