दाङमा जंगली च्याउ खाएर आमा-छोरीको मृत्यु
दाङ । दाङमा जंगली विषालु च्याउ खाएर आमा-छोरीको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा मुत्यु भएको हो ।
च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।
११ वर्षीया छोरी अस्मिता सुनारको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
साउन २९ गते जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका थिए ।मृतकका श्रीमान अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको गौतमले जानकारी दिए ।
कान्तिपुर पाेस्ट बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया