सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आहा ! सिलाम साक्मा
"सिलाम साक्मा छातीमा झुन्डिरहेको मात्रै छैन, सांस्कृतिक पहिचानको रूपमा फैलिँदै छ "

पाँचथर । लिम्बू संस्कृतिमा आधारित पहिरन, शृंगार सामग्री र हस्तकलाका सामग्री बेच्दै आएकी फिदिमकी व्यवसायी विमला नेम्वाङले पछिल्लो समय ‘सिलाम साक्मा’ पनि बेच्न थालेकी छन् ।

उनको पसलबाट पाँचथरका विभिन्न बजार मात्रै नभई इलाम, तेह्रथुम र ताप्लेजुङका व्यवसायीले पनि सिलाम साक्मा थोकमा किनेर लैजान्छन् । ‘पाँचथरसहित कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका मुद्दामा छलफल सुरु भएसँगै यसको व्यापार पनि बढ्न थालेको छ,’ उनले भनिन्, ‘मकहाँबाट साइज हेरी प्रतिगोटा ५० रुपैयाँदेखि १ हजारसम्ममा बिक्री भइरहेको छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्यसमेत रहेका भाषाविद् हरिचन्द्र लावतीका अनुसार सिलाम साक्मा लिम्बू समुदायको मौलिक र सांस्कृतिक बिम्ब हो, जसलाई सुरक्षा कवचका रूपमा लिइन्छ । सिलाम साक्मा प्रयोगको सांस्कृतिक इतिहास रहेको उनले बताए । ‘लिम्बू भाषामा सिको भनेको मृत्यु हो भने लामको अर्थ बाटो हुन्छ,’ उनले भने, ‘साक्मा शब्दले छेक्नु, थुन्नु वा रोक्नुको अर्थ बुझाउँछ ।’

सिलाम साक्मा लगाउने चलन यसरी बढेको छ कि सामाजिक र सांस्कृतिक कार्यक्रमदेखि राजनीतिक कार्यक्रममा पनि अतिथिलाई खादा र मालाको साटो यही लगाइदिन थालिएको छ । कतिपयले यसलाई पूर्वी पहाडको पहिचानसँग जोडेर हेर्छन् भने कतिपयले सांस्कृतिक चिनारीसँग जोडिरहेका छन् । गत चैत १५ मा काठमाडौंमा पहिलो पटक भेट हुँदा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको देब्रे छातीमा सिलाम साक्मा लगाइदिए । गत वैशाखमा बेल्जियम पुगेका गायक राजेशपायल राईले त्यहाँ आयोजित राई समुदायको उँधौली कार्यक्रममा सिलाम साक्मा लगाएर नाच्दै गरेको भिडियोले सामाजिक सञ्जालमा उत्तिकै महत्त्व पाएको थियो ।

सिलाम साक्मा छातीमा मात्रै झुन्डिरहेको छैन, स्थानीय तहले यसलाई सांस्कृतिक पहिचानको बिम्बका रूपमा पनि अघि सार्दै यसको प्रतिमा नै बनाइरहेका छन् । झापाको कमल गाउँपालिका–३ केर्खामा बासिन्दाले एक लाख रुपैयाँ खर्चेर निर्माण गरेको सिलाम साक्माको प्रतिमा साउन ५ मा अनावरण गरियो । मोरङको मधुमल्ला र मिक्लाजुङमा पाँच–पाँच लाख रुपैयाँ लगानी गरेर प्रतिमा निर्माणाधीन छन् । फिदिम–४ को सुम्हात्लुङ मन्दिर परिसरको सुरक्षा पर्खालमा चारैतिर सिलाम साक्माका बुट्टा कुँदिएको छ ।

सिलाम साक्माको प्रयोग बढेसँगै यसको कारोबार पनि फस्टाउन थालेको छ । मोरङको मधुमल्लाकी सेमिमा तुम्बाहाम्फेले १० वर्षयता व्यावसायिक रूपमा सिलाम साक्मा बनाएर कारोबार गरिरहेकी छन् । केही वर्षअघिसम्म किरात लिम्बूले धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रममा मात्रै प्रयोग गर्ने सिलाम साक्माको प्रयोग अहिले व्यापक बन्दै गएको उनले बताइन् । प्रवासमा बस्ने राई लिम्बू समुदायले पनि यसको प्रयोगलाई व्यापक बनाइरहेको देखिन्छ ।

‘सिलाम साक्माको माग हङकङ, सिंगापुर, कोरिया र जापानबाट समेत आउन थालेको छ,’ सेमिमाले भनिन्, ‘तालिम, गोष्ठी र सेमिनारहरूमा खादा र रिबन काटेर तयार पारिएका ब्याचको साटो सिलाम साक्मा प्रयोग गर्न थालिएकाले व्यापार बढिरहेको हो ।’

पहिले घुङरिङ (बाँस प्रजातिको बुट्यान) बाट मौलिक सिलाम साक्मा बनाइन्थ्यो । यसमा कालोबाहेक अन्य रङको धागो प्रयोग गरिन्छ । मुन्धुम दर्शनका जानकार हर्क केरुङले सौर्यमण्डलमा रहेका बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र वरुण गरी आठ वटा ग्रहको प्रतीकका रूपमा सिलाम साक्मा बुन्न आठ वटा रङ प्रयोग गरिने बताए ।

धागो र धागोकै फूलसहित मात्रै नभएर अहिले छेउछेउमा क्रिस्टल, रुद्राक्ष र बोधिचित्तका दाना राखेर पनि सिलाम साक्मा बनाउन थालेको फिदिमकी इन्द्रमाया जबेगूले बताइन् । यस्ता सिलाम साक्मा १ सय डलरसम्ममा हङकङमा बिक्री भइरहेको उनले सुनाइन् । काठमाडौं बस्ने पाँचथरको फिदिम–५ की युन्छो तुम्बापोलाई अहिले सिलाम साक्मा बनाउन भ्याइनभ्याइ छ । गत महिना ४ सय २० रुपैयाँ लगानी गरेर तीन लाछी धागो प्रयोग गरी तयार पारेका एक सय वटा सिलाम साक्मा जापान पठाएको उनले सुनाइन् । तुम्बापोका अनुसार हङकङबाट पनि उत्तिकै अर्डर आइरहेको छ । ‘एक सय सिलाम साक्मा बनाउन ४ हजार रुपैयाँ खर्च भएको थियो,’ उनले भनिन्, ‘प्रतिगोटा सय रुपैयाँका दरले बेच्दा पनि नाफा मात्रै ६ हजार भएको छ ।’

कान्तिपुर पाैस्ट बाट

  • ३१ श्रावण २०८०, बुधबार ०४:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU