सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मजदुरीका लागि केदारनाथमा २० हजार नेपाली
"केदारनाथ जान कालीकोटका युवाहरूलाई किन चाहिन्छ सिफारिस ? केदारनाथ पहिरोमा मृत्यु भएका तीन जनाको उतै दाहसंस्कार गरियो । बेपत्ताको खोजी जारी । "

कालीकोट । वैशाखदेखि असोजसम्म विशेष पूजाआजा र मेला लाग्ने भारतको प्रमुख तीर्थस्थल केदारनाथमा २० हजारभन्दा बढी नेपालीहरु ज्याला मजदुरीका लागि गएका छन् ।

केदारनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने धार्मिक विश्वासले लाखौं भारतीयसहित तीर्थयात्रीहरू केदारनाथ धाम जाने गर्छन् । केही पर्यटकका रुपमा पनि केदारनाथ जाने गर्छन् ।

हिन्दु धर्मावलम्बीहरूका लागि भारतका प्रमुख चार धाममध्ये केदारनाथ मन्दिरमा दैनिक ३० हजारभन्दा बढी तीर्थयात्री पुग्ने गरेको बताइन्छ ।

ज्याला मजदुरीका लागि गत वैशाखमा गएका शान्नित्रिवेणी ३ का जयराम देवकोटाका अनुसार केदारनाथमा कालीकोटका मात्रै ५ देखि ६ हजारको हाराहारीमा छन् । केदारनाथ मन्दिरसम्म दैनिक भारी बोकेर जीविकोपार्जन गर्ने नेपालीको संख्या मात्रै २० हजारभन्दा बढी रहेको बताइन्छ । देवकोटाका अनुसार केदारनाथ तीर्थ यात्रामा आउने यात्रुलाई मन्दिरसम्म पुर्‍याइदिए वापत दैनिक ५ देखि ४० हजारसम्म कमाइ हुने भएकाले नेपालको पश्चिमी क्षेत्रका युवाहरूको गन्तव्य केदारनाथ हुने गरेको छ ।

हाल केदारनाथमा कालीकोट, जुम्ला, हुम्ला, बाजुरा, दैलेख, जाजरकोट, सुर्खेतलगायतका युवाहरू विभिन्न काममा छन् । पहिले बिना रोकटोक केदारनाथ जान पाइने भए पनि गत वर्ष कालीकोट घर भएका एक जनाले तीर्थ यात्रुलाई दुर्व्यवहार गरेपछि स्थानीय प्रशासनले कालीकोटवासीलाई केदारनाथ आउन जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरेको थियो ।

भारतका अन्य क्षेत्रको तुलनामा केदारनाथ बढी कमाइ हुने क्षेत्रको रुपमा पनि चिनिन्छ । ‘अन्यत्र एक वर्षको कमाइ केदारनाथमा मान्छे बोक्ने काम गर्दा एक महिनामै कमाइ हुनसक्छ,’ जयराम देवकोटा भन्छन् ।

हिँड्न नसक्ने, वृद्धावृद्धा, बालबालिकालाई केदारनाथको उकालोमा बोकेर लैजाने काम पाइने हुँदा कमाइ राम्रो हुने भएकाले नेपाली युवाहरू आकर्षित हुने गरेका हुन् ।

केदारनाथ दर्शन गर्न गएका तीर्थयात्रुलाई डण्डी (चार जनाले बोक्ने डोली), कण्डी (डोको काटेर एक जनाले बाक्ने) र घोडामार्फत २४ किमी उकालो यात्रा गराएर ओरालो झार्ने गरिन्छ । यसवापत दैनिक १० देखि ४० हजारसम्म कमाइ हुने नरहरिनाथ ३ का पौरख विष्टले बताए ।

केदारनाथ जान कालीकोटका युवालाई किन चाहियो सिफारिस ?

०७९ चैत्र १० गतेदेखि असार मसान्तसम्म यहाँको जिल्ला प्रशासनबाट ६ हजार ९ सय ५२ जनाले भारत जान सिफारिस लिएको कालीकोटका सहायक प्रजिअ सरोज अधिकारीले बताए । यसरी भारत जानका लागि दिनहुँ सिफारिस माग्नेको जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ ।

चैत्र १० गते एकै दिन ८ सय ७५ जनाले भारत जाने सिफारिस लिएको अधिकारीले बताए । गत वर्ष जेठमा केदारनाथ मन्दिर जाने क्रममा एक १३ वर्षीय बालक भीरबाट खसेपछि सँगै रहेका कालीकोट दाहाका सवराज शाहीले उनीसँग रहेको आइफोन र सुनको लकेट लिएर भागेको भन्ने हल्लापछि त्यहाँको प्रहरीले कालीकोट घर भएका मजदुरलाई बिनासिफारिस केदारनाथ प्रवेश रोक लगाएको हो ।

भारतीयले कालीकोट घर भएका शाहीले बालकलाई केदारनाथको उकालोमा सँगै लगेर आइफोन र सुनको लकेट लुटेर भीरबाट खसालेर भागेको आरोप लगाउँदै आएका छन् । भारतीय बालकको मृत्यु भएपछि भागेर नेपाल पसेका सवराजलाई चिन्ने दाहा गाउँकै ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेर निर्मम याताना दिएपछि आफन्तले कालीकोट प्रहरीमा निवेदन दिएका थिए ।

केदारनाथमा पहिरो : कालीकोटका ३ युवाको दाहसंस्कार

भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत रुद्रप्रयाग जिल्लाको गैराीकुण्डमा गत १८ गते राति पहिलेमा ज्यान गुमाएका कालीकोटका ३ युवाको आइतबार दाहसंसकार गरिएको छ ।

पहिरोमा ज्यान गुमाएका खाडाचक्र १ का प्रकाश ताम्राकार टमटा, वडा नं २ का टेक विश्वकर्मा देवी विश्वकर्माको दाहसंस्कार गरिएको केदारनाथमा रहेका आफन्त धमेन्द्र विश्वकर्माले बताए । ‘घरबाट आउने अवस्था भएन,’ उनले भने, ‘शव पनि क्षतविक्षत भएकालेले यतै दाहसंस्कार गर्यौं ।’

केदारनाथ मन्दिर जाने पैदल मार्ग सुरु हुने गौरीकुण्डमा रहेको जुम्ला र हुम्लाका स्थानीयले संचालन गरेको होटलमा बास बसेका उनीहरु पहिरोमा परेका थिए ।

गौरीकुण्डको भिरालो पाखोमा अस्थायी घर टहरा बनाएर जुम्ला पाताराशीका मानबहादुर बोहोरा र हुम्लाका वीरबहादुर रावतले नोपलीका लागि खाने बस्ने सुविधासहितको होटल संचालन गरेका थिए । पहिरोमा बोहोराका पत्नी छोराछोरीसहित ७ जना, रावतका ३ जनाको परिवारसहित अझै १३ नेपाली र ६ भारतीय बेपत्ता भएको केदारनाथमा रहेका धमेन्द्रले बताए । पहिरोले होटल बगाएर नदीमा पुर्‍याएकाले बेपत्ता भेट्न मुस्किल रहेको पनि उनले बताए ।

कान्तिपुर पाेस्ट बाट

  • २१ श्रावण २०८०, आईतवार ११:३२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU