सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सामाखुशी खोलामाथिको स्ल्याब हटाएपछि महानगरले डोजरले सफा गर्न थाल्यो खोला (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाले सामाखुशी मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गरिरहेको छ।

आइतबार सामाखुशीस्थित रेडन स्कुल हुँदै बग्ने सामाखुशी खोलामाथिको स्ल्याब हटाएपछि काठमाडौं महानगरले डोजरको प्रयोग गरी खोला सफा गरिहरहेको हो।

महानगरले खोलाको राइट-वे खुला हुनुपर्छ भन्दै असारबाट सामाखुशीस्थित विभिन्न ठाउँको खोलामाथि रहेका स्ल्याब हटाउन सुरू गरेको थियो।

अहिले महानगरले रानीबारी चोकदेखि रेडन स्कुल क्षेत्रमा स्ल्याब हटाएको खोला सफा गर्ने काम गरिरहेको हो। स्ल्याब हटाएर खोलालाई पुरानै स्वरूपमा ल्याउने महानगरपालिकाले बताएको छ।

यस्तै खोला मिचेर बनाइएका घरहरू पनि भत्काइने वडा-३ का वडाध्यक्ष प्रेम थापाले बताएका छन्।

‘उहाँहरूले ०६५ अघिको मापदण्ड अनुसार बनाउनुभएको रहेछ, ती घरहरूलाई हटाएर ४ मिटर, ६ मिटर र ८ मिटरको मापदण्ड कार्यान्वयन गर्ने र साइड साइडमा वृक्षारोपण गर्ने तयारी पनि छ,’ उनले भनेका छन्।

यस्तै वडा नम्बर ३ मा २० वटा भत्काउनुपर्ने घर भएको उनले बताए। केहीले भने अदालतबाट स्टे अर्डर नै ल्याइसकेका छन्।

उनका अनुसार क्षतिपूर्ति र मुहाब्जा पाए स्थानीय घर छोड्न तयार छन्। त्यसबारे लगातार छलफल समेत भइरहेको उनले बताए।

यही खोलामा  साउन ७ गते १३ वर्षीय बालक साजन मगर खसेका थिए। अन्य ठाउँमा स्ल्याब राखिएता पनि एक ठाउँमा खुला हुँदा उनी त्यहाँ खसेर बेपत्ता भएका थिए। गत बिहीबार दक्षिणकाली नगरपालिका-७ भुल्कास्थित बागमती नदी किनारमा उनी मृत फेला परेका थिए।

खोला पुरानै स्वरूपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने वडाध्यक्ष थापाले बताएका छन्।

खोलामा त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल, मनमोहन अस्पताल, प्रहरी अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान, राष्ट्रपतिको कार्यालय लगायतका सबै निकायको ढल मिसिने गरेको छ। जसले गर्दा खोला एकदमै दुर्गन्धित हुने गर्छ।

अब ती ढल समेत खोलामा मिसाउन नदिने र ढलका लागि महानगरले छुट्टै व्यवस्थापन गर्ने वडाध्यक्ष थापाले बताए।

सेताेपाटी पाेस्ट बाट

  • २१ श्रावण २०८०, आईतवार १०:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU