सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पाकिस्तान : लोकतन्त्र ‘नजरको धोखा’ नहोस्

दिवाकर बागचन्द

न्युयोर्क, अमेरिका — म क्रिकेट धेरै खेल्ने गर्थें । अहिले खेल्नुभन्दा बढि हेर्छु । एउटा महान् क्रिकेटर चुनाव जितेर प्रधानमन्त्री बन्न लागि रहँदा, हेरिरहन मन लागेन । कलमसँग खेल्न मन लाग्यो । इमरान अहमद खान नियाजी अर्थात लोकप्रिय “इमरान खान” युवतीहरुका प्रिय पात्र हुन् ।

उसो त सबै क्रिकेटर युवतीहरूका प्रिय हुन्छन नै, चाहे भगवानले सुन्दर रुप दिएको होस् या नहोस्। कारण जगजाहेर छ। तर इमरानले सुडौल शरीर, सुन्दर मुहार दुवै पाएका छन्। उनी बलिवूड या हलिवूडका नायक भन्दा कम छैनन्। क्रिकेटको दुनियामा अल-राउन्डर सफलतम् खेलाडी मानिन्छन इमरान खान।

अहिले उनको क्रिकेट र सुन्दरताले भन्दा उनले रचेको राजनीतिक इतिहासको कारण बढी चर्चामा छन्। उनको चुनावी जितको बारेमा थुप्रै लेख लेखिई सकेका छन्। किताबहरू लेखिईसकेका होलान् र भविष्यमा अझै किताबहरू लेखिइने छन्। उनी आफैले पनि किताब लेखेका छन्। मैले लेख्ने आवश्यकता थिएन र मेरो आलेखले भिन्दै “इनसाइट” दिने या विश्लेषण गर्ने ध्येय राख्दैन। इमरान खानको “पाकिस्तान : अ पर्सनल हिस्ट्री” भन्ने किताव झैं मेरो लेख पनि व्यक्तिगत विचार, बुझाई र भोगाईको अभिव्यक्ति मात्र हो।

म कुनै राजनीतिक विश्लेषक होइन, न कुनै “पोलिटिकल साईन्टिस्ट” नै हुँ। पत्रकारिता गरिरहँदा पनि राजनीतिक सवालमा कमै रिपोर्टिंग गरें। त्यसको आफ्नै राजनीति छ। जसको चर्चा अर्थहिन हुन्छ। तर, मनन् योग्य के छ भने हामीलाई मन परोस् वा नपरोस् राजनीतिको परिधिभन्दा बाहिर कोही रहन सक्दैन। मानवीय अस्तित्वको टार्न नसकिने कालजयी यथार्थ हो राजनीति। राजनीतिलाई नजर अन्दाज गर्न मिल्ला तर यसबाट भाग्न सकिन्न। राजनीतिको परिणामबाट भाग्न सकिन्न। यो हत्केलाले सूर्य छेक्न खोजे जस्तै हो।

१९९२ वर्ल्ड कप क्रिकेट विजेता पाकिस्तानी पूर्वकप्तान इमरान खानको पाकिस्तान तेह-रि-के इन्साफ पार्टीले यस चुनावमा सबभन्दा ठुलो पार्टी बन्न पुग्यो। इमरानले ११ अगस्तमा सपथ लिने छन्। आफुलाई मन पर्ने खेलाडी प्रधानमन्त्री बन्ने कुराले उनका लाखौं प्रसंशक जस्तै म खुशी हुनु स्वभाविक थियो। तर यो खुशी क्रिकेटको जितका लागि भए स्वभाविक हुन्थ्यो। मलाई यो राजनीतिक जितको खुशीमा केही अस्वभाविकता देखियो। यो खुशी नै दक्षिण एसियाको अलपत्र राजनीति र दुर्दशाको कारक हो झै लाग्यो।

प्रथमत : हामी चेतन या अर्धचेतन अवस्थामा एउटा संरक्षक या मालिकको खोजीमा हुन्छौं। अर्थात “ पेट्रोन क्लाइन्ट” मा सुरक्षित महशुस गर्छौं। हामी कुनै व्यक्तिलाई “लार्जर देन लाईफ” को आकार दिन्छौं। नेता त्यो आकार पाएर फुल्छन् र आफ्नो धरातल छाड्छन्। दोस्रो, हामी संस्था अर्थात “इन्स्टिच्यूसन” खडा गर्नमा लाग्छौं। त्यसपछि संस्थामा मुल्य र मान्यताका कुरा गर्न थाल्छौं। जबकी पहिले मुल्य र मान्यता तय गरेर त्यसको जगमा संस्था निर्माण गर्नुपर्ने हो।

यी दुई प्रवृतिले दक्षिण एसियाको लोकतन्त्रले सामाजिक न्याय, विकास र सम्वृद्धि दिनु भन्दा नाम ठुला भएका नेता मात्र जन्माएको छ। लोकतन्त्रलाई चुनावमा सिमित गरेको छ। चुनाव पछि सरकार र जनताबीच सम्बन्ध शून्य प्राय: बन्न पुग्छ। पाकिस्तानको राजनीति अलि विचित्रको छ। त्यहाँको लोकतन्त्र सेनाले चलाउँछ। त्यहाँ कुनै पनि नेताको अरोह र अवरोह बडो नाटकीय हुन्छ। यसो भनि रहँदा पाकिस्तानी जनमतको अपमान गर्न खोजेको होइन। इमरान खान चुनाव जितेर आएका हुन्। यसमा कुनै सन्देह छैन। २०१८ को चुनावको केही समय अगाडि “लाहोर जल्सा” अर्थात र्‍यालीमा उनले पाकिस्तानी जनतालाई चार आग्रह गरे। जस्ले उनको राजनेता बन्न सक्ने क्षमता दर्शाउँछ। लाहोर जल्सामा उनले गरेका चार आग्रह :

१) हामी कहिलै झुटो नबोलौं, सदैब सत्य बोलौं।

२) हामी अहम् त्यागौं र राष्ट्रको बारेमा सोचौं। जहाँ ११ करोड मानिस गरिवीको रेखामुनि जीवन व्यतित गर्द्छन्।

३) हामी डरको साग्लो तोडौं।

४) हामी न्यायपूर्ण समाज स्थापना गर्न लागौं। यदी हाम्रो आफन्तले पनि अन्याय गर्दछ भने उसलाई पनि न्यायको काठघरामा ल्याऔँ।

लोकतन्त्र र सामाजिक न्यायको सुन्दर अभिव्यक्ति थियो त्यो।यसरी न्याय र भ्रष्टाचारविरुद्ध नारा दिएर दक्षिण एसियामा थुप्रै पार्टी र व्यक्ति सत्तामा पुगेका छन्। तर भ्रष्टाचार झन जरो गाड्दैछ किनभने हामीले जनताको समस्यालाई सम्बोधन नै गरेनौं। पैसा, पद र शक्तिले सफलताको मापन गर्ने हाम्रो घर, समाजको मानसिकता परिवर्तन गर्ने राजनीतिको प्रारम्भ नभएसम्म, राजनीति चुनावमुखी मात्र हुनेछ। लोकतन्त्र शब्दमा सिमित रहनेछ। जसरी इमरान खानको व्यक्तिगत सफलताको चर्चा हुँदै छ यो ठिकै हो। उनलाई यहाँसम्म पुर्‍याउन शतप्रतिशत उनको धैर्यता, मेहनत र लगनशीलताले काम गरेको हो। तर चुनावी जितमा भने यो सतप्रतिशत लागु नहोला। किनभने १९९९ मा पर्वेज मुसर्रफको “कु” को समर्थन गर्ने इमरान नै हुन् र मुसर्रफले दिएको प्रधानमन्त्रीको कुर्सी नकार्ने पनि इमरान नै हुन्।

लाहोर जल्सामा भने झैं पाकिस्तान बनाउन इमरान खानले मुल्य र मान्यताको जग बसाल्नु पर्ने हुन्छ। पाँच सालभन्दा परको दुरदृष्‍टि राख्नु पर्ने हुन्छ। सेना र आइएस्आइको शासन चल्ने देशमा उनले यो गर्न सक्लान्? जवाफ खोज्न धेरै पछाडि इतिहासको गर्भमा जानु पर्दैन। मुसर्रफ र नवाज सरिफलाई हेरे पुग्छ।

क्रिकेटमा झैं इमरान खानको कार्यकाल सफल रहोस्। तर उनको आरोह जति नाटकीय छ, अवरोह त्यस्तै भयो भने? लोकतन्त्र फेरी एक पटक “नजरको धोखा” साबित हुनेछ।

  • २६ श्रावण २०७५, शनिबार १२:५१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU