देउसी भैलोबाट कम्प्युटर तालिम र कम्प्युटर किन्ने "देउसी भैलोबाट रकम सँकलन गर्ने अभियान "
उमीद बागचन्द‚ धनगढी २० कार्तिक । तिहारमा भैलो देउसी खेलेर सँकलन गरेको रकम भोज भतेयर मै सक्ने गरिने नेपाली परिवेश कैलाली नेत्रबिहिनहरु देउसी भैलोबाट रकम सँकलन गरी कम्प्युटर तालिम र कम्प्युटर किन्ने अभियानमा जुटेका छन ।

सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका नेत्रबिहिन बिध्यार्थीहरु कम्प्युटर शिक्षा हासिल गर्न देउसी भैलोबाट रकम सँकलन गर्ने अभियानमा जुटेका हुन ।
कम्प्युटर सिक्ने चाहाना भएका नेत्रबिहिन बिध्यार्थीहरुले अन्यत्रबाट सहयोग नभएपछि देउसी भैलो खेलेर कम्प्युटर सिक्ने चाहाना पुरा गर्ने प्रयास गरिरहेका छन ।
वाटसप‚ युटुप जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न सिकाउने सहकर्मीहरु आफुहरुसँगै पढ्ने गरेका कारण पनि कम्प्युटर सिकेर धेरै कुरा गर्न सकिन्छ भनेर नेत्रबिहिनहरु देउसी भैलो खेलेर रकम सँकलन गर्न जुटेका हुन । सुदूरपश्चिममा पहिलो पटक आफ्नै युटुप च्यानल बनाएका नरेश कुश्मी ।
नेत्रबिहिनहरुलाई परिवार र समाजले हेर्ने दृष्टिकोण फरक र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय नेत्रबिहिनहरुले पढाई छोड्नु परिरहेको छ ।
गाउँघरमा नेत्रबिहिनहरुको पढाई हुन नसक्ने भएका कारण शहर बजारमा डेरामा बसेर पढ्नु पर्दा उनीहरु समस्यामा पर्ने गरेका छन । कक्षा ११ मा पढिरहेकी नेत्रबिहिन पुनम चौधरीले कम्प्युटर सिक्ने चाहाना मात्र देखाईनन‚ आफ्नो मनको भावना यसरी पोखिन ।
बिए तेश्रो वर्षमा अध्ययनरत नेत्रबिहिन बिध्यार्थी कमला चौधरी आफुहरु जस्ता नेत्रबिहिन बिध्यार्थीहरुको कम्प्युटर सिक्ने चाहाना पुरा गर्न देउसी भैलो खेल्नु परेको बताउँछिन ।
जनप्रतिनिधिहरुको घरबाट देउसी भैलो शुरु गरेका उनीहरुले आँखा देख्नेले जस्तै मोवाईल‚ सँगितका साधन र मुजिक ट्रयाक समेत प्रयोग गरेर देउसी भैलो खेल्दै राम्रो मनोरन्जन गराई रहेका छन ।
नेत्रबिहिन सँघ कैलालीका अध्यक्ष दिलिप चौधरीको भनाईमा कसैबाट सहयोग नपाएपछि देउसी भैलो खेलेर रकम सँकलन गर्नु परेको हो ।
हात हातमा मोवाईल भएका नेत्रबिहिनहरु देउसी भैलोमा रमाउँदै आखा देख्नेहरु जस्तै व्यवस्थित रुपमा मुजिक ट्रयाकबाट गित गाएर सबैलाई मन्त्रमुग्ध बनाई रहेका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया