सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जयराज पन्त स्मृति र पूर्णानन्दभट्ट स्मृति पुरस्कार वितरण

कार्तिक १९,डोटी । आफ्नो स्थापना कालदेखि नै डोटीमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको नेपाली लेखक संघ डोटीले शनिबार शिखर सांस्कृतिक, साहित्यिक तथा स्रष्टा सम्मानु कार्यक्रम गरेको छ ।

नेपाली लेखक संघ डोटीको आयोजना तथा शिखर नगर पालिकाको आर्थिक सहयोगमा श्रस्टा सम्मान कार्यक्रम गरिएको हो। कार्यक्रममा जयराज पन्त स्मृति लोकसाहित्य पुरस्कार र पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार २०७५ वितरण गरिएको छ ।

लोक संस्कृतिका अध्येता डा। बद्रीशर्मा विनाडीलाई जयराज पन्त स्मृति पुरस्कार र प्राज्ञ वासुदेव पाण्डेयलाई पूर्णानन्द भट्ट स्मृति पुरस्कार दिइएको छ । पुरस्कारको राशी एघार हजार एक सय एघार र दोसल्ला र सम्मान पत्र रहेको छ ।

नेपाली लेखक संघ डोटीले प्रा।डा। जयराज पन्त र वरिष्ठ छन्द कवि पूर्णानन्द भट्टको नाममा अक्षय कोष स्थापना गरी उहांकै सम्झनामा ११हजार १ सय एघार राशीको पुरस्कार स्थापना गरी प्रत्येक वर्ष वितरण गर्ने कार्यक्रम अन्तरगत पहिलो पटक यस वर्ष २०७५ मा पुरस्कार वितरण गरेको हो ।


यसै क्रममा मूर्तिकार रबिन्द्र चन्द,डेउडे गगन सिंह साउद र साहित्य प्रेमी नरेन्द्र बहादुर खड्कालाइ पनी दोसल्ला र सम्मान पत्र ओढाई सम्मान गरिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री एन पी साउंदले हामीतीर मरेपछि मात्र सम्मान गर्ने संस्कार गलत रहेको भन्दै यसको अन्त्य गर्न लेखक संघ जस्तै कार्यक्रमको आवश्यकता रहेको बताए । आफुले गरेको कर्मको फल जिउदै पाउनु पर्ने समेत उहाले बताए ।

शिखर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका केन्दीय सदस्य कैलाश पाण्डेय साहित्यकार निर्मला बोगटी, संतमान तमांग,चक्र मिलन, डेउडे गगन सिंह साउद,नरेन्द्र खड्का लगायतले आफ्नो प्रस्तुति समेत राखेका थिए ।
कार्यक्रमका बिसिस्ट अतिथि पूर्व सासंद बहादुर थापा,शिखर नगर पालिकाका प्रमुख सीताराम जोशी रहनु भएको थियो ।


उक्त श्रष्ठा सम्मान कार्यकमको अध्यक्षता फडेन्द्र साउदले गर्नु भएको थियो भने सञ्चालन लेखक संघ डोटिका सचीप तोयनाथ भट्टले गर्नु भएको थियो ।

जयराज पन्त बारे 
लोक संस्कृति विद् तथा डोटेली भाषा साहित्य र कलाका सच्चा सेवक प्रा।डा। पन्तको जन्म वि।स। २०१० चैत्र १५ गतेका दिन ९आमा राधादेवी पन्त र बुवा दयानिधी पन्त० शिखर न।पा। जिजोडामाण्डौ ९ जैनोलीमा भएको हो ।

आफ्नो जीवनकालमा प्राध्यापन पेशाका साथै लोक संस्कृतिको अध्ययन अनुसन्धानमा समय व्यतीत गरेका पन्त राष्ट्रिय प्रतिभा हुन् । उनले लोक संस्कृतिको क्षेत्रमा जे जति कार्य गरे त्यो योगदान हो जुन अतुलनीय र अविस्मरणीय छ । अँजुलीभरी सगुन पोल्टाभरि फाग ९२०५५०, डोटेली धमारी गीत एक अध्ययन ९२०६४०, मष्टा परम्परा र त्यसका गीतहरू, ९२०६४० डेउडा, ९२०६४० डोटेली गौरा पर्वका गीत र गाथाहरू,डोटेली भो पर्वका गीत र गाथाहरु ९२०६४० शैलेश्वरीको माहात्म्य र तिनका केही गीत ९२०६५०, श्री भुवनेश्वरी ९२०६८०, प्रा।

शिव गोपाल रिसाल ९२०७३० उनका प्रकाशित कृतिहरू हुन् भने वत्स गोत्रीय डोटेली पन्त वंश, डोटेली केही प्रतिनिधि गाथाहरू, भारत ९हुड्केली० एक अध्ययन, डोटेली होरी पर्वका गीतहरू, डोटेली र कुमाउँनी लोकगीत, जस्ता कृतिहरू अप्रकाशित अवस्थामा छन् । लोक संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पन्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सरकारी र गैर सरकारी सङ्घसंस्थाहरूबाट विभिन्न पुरस्कार तथा पदक र मानसम्मानले सम्मानति भएका थिए ।

पूर्णानन्द भट्ट बारे 
राष्ट्रिय स्तरमा चर्चामा आउन सफल साहित्यकार भट्टको जन्म १९९० सालमा डोटी जिल्लाको जोरायल गाउँपालिका १ बडाखेतमा भएको हो । यिनका हालसम्म अभिषाप ९२०३६०, डोटेली लोकलहर ९२०३७०, अर्तनाद ९२०३९०, कविता तरङ्ग९२०३९०, वन्देवी ९२०४००, बिलापी खण्डकाव्य ९२०४००, शन्ति विज्ञान महाकाव्य ९२०५३० नानो जात्क ९२०५६०, शान्ति मन्दिर९२०४८०, गाउँकला चम्पुकाव्य ९२०४५०, प्रजातन्त्र बालक ९२०५१०, बिलापी भाग २ ९२०६४०र कविता मिलन ९२०६७० कृतिहरू प्रकाशित छन् ।

  • १९ कार्तिक २०७५, सोमबार ०४:१७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU