विगतका सरकारले खेलुकुद मन्त्रालयलाई नाङ्गे लुट पार्ने गरेका थिए, खेलकुद मन्त्री विश्कर्मा
डीबी विष्ट कार्तीक १८ बझाङ । विगतका सरकारले खेलकुद मन्त्रालयलाई नाङ्गे झार लगाउने गरेको बताएका छन् । बुंगल नगरपालीकामा संचालन हुने विसिए कप २०७५ को उद्घाटन गर्नका लागी बझाङ पुग्नु भएका खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले खेलकुद मन्त्रालयलाई विगतका सरकारले नाङ्गे झार पार्ने गरेको बताएका हुन् ।

आईतबार पत्रकार सम्मेलमा बोल्दै खेलकुद मन्त्रि विश्वकर्माले विगतका बर्षहरुमा खेलकुद मन्त्रालयमा जाने मन्त्रीहरुले आफु निकट पार्टीका कार्यकर्ताहरुलाई रोजगारीमा भर्ना गर्ने गरेको र कर्मचारीहरुको आवष्यकता छ या छैन कुनै वास्ता नगरी राजनीतीक नियुक्ती थमाउने गरेको बताउनु भयो ।
साथै मन्त्रिहरुले खेलकुद नाममा विदेश भ्रमण गर्दा लाखौ रकम सक्काएर मन्त्रालयलाई नाङ्गे लुट पार्ने गरेको बताउनु भयो ।
अहिले आफु खेलुकुद मन्त्रि भै सके पछी कर्मचारी भर्नाको कुरामा भोटे ताल्चा लगाई लोक सेवा आयोगका माद्यम बाट कर्मचारी भर्ना गर्ने र भए कर्मचारीहरुलाई ब्यावस्थापन गर्ने बताउनु भयो ।
फरक प्रसंगमा बोल्दै मन्त्रि विश्वकर्माले बझाङ जिल्लामा खेलमैदान नभएको आफुलाई जानकारी भएको बताउदै पौष महिना भित्र जयपृथ्वी नगरपालीका ले प्रपोजल तयार पारी मन्त्रालयमा पेश गर्न आग्रह समेत गर्नु भयो ।

साथै जिल्लाको खेल मैदान निर्माण गर्नका लागी केन्दीय सरकारले लाग्ने रकमको ७० प्रतिशत बेहोर्ने र बाँकी ३० प्रतिशत नगरपालीकाले बेहोर्नु पर्ने ७० प्रतिशत रकमका लागी प्रपोजल तयार पारी मन्त्रालयमा पेश गर्न समेत आग्रह गर्नु भयो ।
साथै खेलकुदको विकासका लागी ७७ बटै जिल्लामा अबको केही महिना पछी हेरेर एक एक प्रशिक्षकको समेत ब्यावस्थ ागर्ने बताउनु भयो ।
बझाङ जिल्ला जोड्ने जयपृथ्वी राज मार्गको स्तर उन्नतीका लागी केन्द्रीय सरकारले ३२ करोड रुपैया बजेट विनीयोजीत गरी काम थालनी हुन थालेको उहाँको भनाई छ ।
यस्तै ७७ बटै जिल्लामा र सबै स्थानीय निकायहरुमा खेलमैदान निर्माणका लागी आफुले पहल गर्ने बताउनु भएको छ । स्थानीय निकाय बाट नै खेलाडीहरु उत्पादन हुने थलो भएको बताउदै स्थानीय सरकारले खेलकुद क्षेत्रको विकासका लागी पहल गर्न र लगानी गर्न जरुरी रहेको बताउनु भयो ।
निर्मला हत्या प्रकरणमा राजनीती रुप
निर्मला हत्या प्रकरणका विषयमा भने खेलकुद मन्त्रि विश्वकर्माले निर्मला हत्या प्रकरणलाई राजनीतीक रुप दिईएको बताएका छन् ।
सरकारले अहिले सम्म किन दोषीलाई पक्राउ गर्न नसकेको भन्ने पत्रकारको प्रश्नमा मन्त्रि विश्वकर्माले यसमा संग्लग्न भएका प्रमाण नष्ट गर्ने प्रहरीहरुलाई निलब्बीत र बरखास्त गरीएको बताउनु भयो ।
सरकारले दोषीको खोजतलास गरी रहेको बताउदै अहिले पनी अनुसन्धान जारी रहेको र खाली संकाको भरमा कसैलाई पनी दोषी मान्न नहुने समेत बताउनु भयो । सरकारले दोषीको खोजी कार्य जारी राखेका कारण दोषी उम्कन नसक्ने समेत बताएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया