सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पीपीएलमा पोखराको पहिलो जित, विराटनगर ६० रनले पराजित

पोखरा ९ कात्तिक । पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ६० रनले हरायो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट एक सय ९७ गुमाएर एक सय रन बनायो । निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । उसका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएपछि पोखराले पहिलो विकेट गुमायो ।

नयाँ पिचमा पहिलो खेलेको पोखराका लागि भारतीय खेलाडी रवी इन्दोर र आशिफ शेखले ९४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । भारतीय खेलाडी रवीले आक्रामक ४४ रन बनाएर आउट हुँदा पोखराले एक सय ४७ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि तेस्रो विकेटका रुपमा आशिफ आउट भएपछि पोखराले एक सय ६० रनमा तेस्रो विकेट खेर फाल्यो । उनले ५२ रन बनाए ।

पहिलो पीपीएलको पहिलो खेलमा ने अर्धसतक बनाएका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसपछि विनोद भण्डारीले विस्फोटक ४१ रन बनाउदा पोखराले ठुलो लक्ष्य दिन सफल भयो । विनोदले ११ बलमा दुई चौका र ५ छक्का प्रहार गरे ।

जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाउदा एक सय ३७ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको विराटनगरले ३४ रन बनाउदा तीन विकेट खेर फाल्यो । १७ रनमा पहिलो विकेट गुमाएको विराटनगरले २२ रनमा दोस्रो विकेट गुमायो । उसका दुबै ओपनर प्रदिप ऐरी १० र सुनिल धमला ११ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका जितेन्द्रसिंह ठकुरी पनि १० रनमा आउट हुँदा बिराटनगर निकै दबावमा आयो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । स्कोरबोर्डमा विराटनगरले ८८ रन जोडदा ६ विकेट गुमायो ।

राजु रिजाल ३० रनमा आउट भए भने भारतीय खेलाडी एन्र्डु सुविक्सन १४ रनमा पेभेलियन फर्किए । त्यसपछि पुष्प थापाले ३० रन जोड्दा बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ ललितराजवंशीले तीन विकेट लिए ।

  • ९ कार्तिक २०७५, शुक्रबार ०८:५० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU