६.६ रेक्टरको भूकम्पले डोटीमा ६ जनाको ज्यान गए
डोटी । डोटी जिल्लाको खप्तड राष्ट्रिय राष्ट्रिय निकुञ्जभित्र रहेको खप्तड बाबा क्षेत्र आसपासलाई केन्द्रबिन्दु भएको ६.६ रेक्टरको भूकम्पले डोटीका कतिपय स्थानमा ६ जनाको ज्यान गएको खबर छ ।

पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँ एउटै परिवारका ४ जनाको निधन भएको बताइएको छ । थप २ जनाको पनि निधन भैसकेको भन्ने दुःखद खबर स्थानीय बासिन्दाले बताएका छन ।

तीन चार जति घर भत्केकोमा चेपिएका मानिसको उद्दार गर्ने क्रम जारी रहेको छ ।

२ बजेर १४ मिनेट महसुस गरिएको भुकम्पको घरमा पुगेको क्षति र फेरी पराकम्डप आउने डरले घर बाहिर चौरमा कतिपय परिवारहरु बसी रहेका छन । थप विवरण आउन बाकी छ ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया