सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गेटा मेडिकल कलेज र वीर अस्पतालबीच दुई पक्षीय सम्झौता

धनगढी । कैलालीको गेटा मेडिकल कलेज र वीर अस्पतालबीच दुई पक्षीय सम्झौता भएको छ । गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको हो । चिकित्सकीय सेवालाई विस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि दुवै संस्थाबीच सम्झौता भएको जनाइएको छ ।
गेटा मेडिकल कलेज, अस्पतालका निर्देशक सहायक प्रा.डा. प्रमोद जोशी र कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतानुसार दुवै संस्थाले विशेषज्ञ जनशक्ति आदानप्रदान गर्ने छन् । यसैगरी, विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोग पनि आदानप्रदान गर्ने सम्झौता गरिएको छ ।यस्तै, अन्य विषयमा आपसी छलफल तथा समझदारीमा उपचारात्मक सेवाहरुको आदानप्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । अस्पतालका निर्देशक सहायक प्रा.डा. प्रमोद जोशीका अनुसार मेडिकल कलेजका भवन निर्माणको कार्य ९० प्रतिशत कार्य पूरा भए पनि बिजुली, खानेपानी र ढलको व्यवस्था नभएका कारण समस्या भएको छ । गेटामा मेडिकल कलेज र अस्पताल सञ्चालनको प्रक्रियाले गति लिएको उनले बताएका छन् ।
कैलालीको गेटामा भौतिक संरचना तयार भए पनि गेटा मेडिकल कलेज, अस्पताल अहिलेसम्म सञ्चालन भने हुन सकेको छैन । सरकारले अझै पनि यसको मोडालिटी नै बनाउन सकेको छैन । मोडालिटी तय नहुँदा मेडिकल कलेज, अस्पताल सञ्चालनको कुनै टुङ्गो लागेको छैन । अहिलेसम्म भौतिक संरचनामात्रै पाँच अर्ब रुपियाँ खर्च भएको छ ।

  • १० श्रावण २०७९, मंगलवार १०:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU