कञ्चनपुरको पुनर्वासबाट लागुऔषधसहित ३ जना पक्राउ
कञ्चनपुर। कञ्चनपुरको पुनर्वासबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्ति स्थित नेपाल भारत खुल्ला सीमा नाकामा भारतबाट तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको लखिमपुर जिल्ला पलियाका २८ बर्षिय सुमित गुप्ता,२४ बर्षिय लवि गुप्ता र २७ बर्षिय बबि महेन्द्र रहेको प्रहरीले जनाएको छ।तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी नायब निरीक्षक पदम बहादुर थापा र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती मातहत प्रहरी चौकी परासनबाट प्रहरी नायब निरीक्षक राम सिंह धामीको कमाण्डमा खटिएको टोलीले ७८.३७ ग्राम लागु औषध फेला पारेको हो । यस्तै उनीहरूको साथबाट नगद १५ हजार भारतीय रुपैयाँ मोबाइल तीन थान समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीले जनाएको छ ।
तस्बिर ;state7 
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया