सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मापदण्डभन्दा तीन गुणा बढी आयोडिन
"विश्व स्वास्थ्य संगठनका अनुसार नुनमा आयोडिनको मात्र १५ पीपीएम हुनुपर्नेमा नेपालीको भान्सामा ५४ पीपीएम‚ ‘हाइपो थाइरोइडिजम’ को जोखिम "

काठमाडौँ — नेपालीले केही वर्षयता चाहिनेभन्दा बढी आयोडिन सेवन गरिरहेको एक अनुसन्धानले पत्ता लगाएको छ । न्युयोर्क एकेडेमी अफ साइन्सेसले प्रकाशन गर्दै आएको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ जर्नलमा गत साता प्रकाशित अनुसन्धानात्मक आलेखमा सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा चाहिनेभन्दा बढी ‘आयोडिन’ भेटिएको उल्लेख छ ।

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (केआईएस), त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागलगायतका अनुसन्धानकर्ताले भान्सामा प्रयोग हुने नुनमा ५४ पीपीएम (पार्टस पर मिलियन) आयोडिनको मात्रा हुने गरेको पत्ता लगाएका हुन् । धनकुटा, सिरहा, कैलाली, रूपन्देही, काठमाडौं, कास्की र चितवनका २ हजार १ सय १७ घरबाट नमुना परीक्षण गर्दा १ हजार ७ सय ७७ नमुनामा बढी मात्रामा आयोडिन फेला परेको केआईएसका अनुसन्धानकर्ता वसन्त गिरीले जानकारी दिए । ‘हामीले तालिम दिएर ती जिल्लाका विद्यार्थीलाई घरबाट नुन ल्याउन लगाएर परीक्षण गराएका थियौं,’ अनुसन्धानको मुख्य लेखकसमेत रहेको गिरीले भने, ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको विधिबाट नमुना परीक्षण गर्दा आयोडिनको मात्रामा ५४ पीपीएम भेटियो ।’ उनीहरूले टाइट्रेसन विधिबाट नमुना परीक्षण गरेका थिए ।

डब्लूएचओको मापदण्डमा भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा १५ पीपीएम हुनुपर्ने उल्लेख छ । औद्योगिक उत्पादनका लागि मात्रै नुनमा ५० पीपीएम अनिवार्य गरिएको छ । आयोडिन सजिलैसँग उडेर जाने भएकाले प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म आउँदा ३० पीपीएम हुने अनुमानबमोजिम मापदण्ड निर्धारण गरिएको थियो । घरको भान्सासम्म पुग्दा त्यो उडेर १५ पीपीएमसम्म पुग्ने अनुमान गरेर त्यहीअनुसार सरकारले मापदण्ड बनाएको छ । ‘पहिला ढुवानी गर्दा समय लाग्ने, प्लास्टिकको गुणस्तर पनि राम्रो नहुने भएकाले आयोडिन उडेर जाने सम्भावना हुन्थ्यो । अहिले त्यस्तो देखिएन, भान्सामा आइपुग्दा पनि आयोडिनको मात्रा धेरै पाइयो,’ अनुसन्धानमा संलग्न त्रिवि रसायनशास्त्र विभागका उपप्राध्यापक भानु न्यौपानेले भने, ‘सरकारले मापदण्ड पुनरावलोकन गर्नुपर्ने अवस्था आएको छ ।’

एउटा वयस्क व्यक्तिलाई दैनिक १५० माइक्रोग्राम आयोडिन भए पुग्छ । यही अनुसन्धानलाई आधार मान्ने हो भने नेपालीको भान्सामा डब्लूएचओले तोकेको मापदण्डभन्दा ३.६ गुणा बढी आयोडिनयुक्त नुन छ । ‘खाना पकाएर २० प्रतिशत उडेर गए पनि आयोडिनको मात्रा धेरै हुन्छ,’ न्यौपानेले भने । उक्त अनुसन्धानले ९८ प्रतिशत घरमा आयोडिनयुक्त नुन खाने गरेको पनि देखाएको छ ।

आयोडिनको सेवन बढी हुँदा शरीरमा थाइरोइडको स्तर बढाउने ‘हाइपो थाइरोइडिजम’ जस्ता समस्या देखा पर्ने विज्ञ बताउँछन् । थाइरोइड ग्रन्थीले मानव शरीरको वृद्धि, विकास र पाचन प्रक्रियामा मुख्य भूमिका खेल्छ । यसले निकाल्ने ‘थाइरोक्सिन हार्मोन’ ले यी कार्य गर्छन् । तर, यो हार्मोन बढी वा कम भयो भने शरीरमा समस्या देखा पर्छ । यसलाई सही तरिकाले काम गराउन र नियन्त्रण गर्न आयोडिन नामक खनिज चाहिन्छ । यो खनिज शारीरिक र मानसिक वृद्धिमा सघाउ पुर्‍याउने ‘ट्रेस इलिमेन्ट’ हो जसले मर्करी र लिडजस्ता पदार्थलाई शरीरबाट बाहिर निकाल्न भूमिका खेल्छ । ग्रन्थीबाट उपयुक्त मात्रामा थाइरोक्सिन हर्मोन निकाल्नका लागि आयोडिनको मात्राले भूमिका खेल्छ ।

शरीरमा आयोडिनको मात्रा कम हुँदा घाँटीमा गलगाँड देखिने, बच्चामा पुड्कोपन, स्पष्ट बोल्न नसक्ने, गर्भवतीले पर्याप्त आयोडिन सेवन नगरे सुस्त मनस्थितिको/अपांगता भएका शिशु जन्मने वा मृत्यु हुने, थाइरोइडमा असन्तुलन हुने जस्ता समस्या देखा पर्ने चिकित्सकहरूको भनाइ छ । काठमाडौं डाइबेटिज एन्ड थाइरोइड सेन्टरका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशी थाइरोइडको जोखिम कम गर्न भान्सामा नुनको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् । ‘तरकारीबाट हुने नुनको सेवन कम गराउन सलादहरूको आहार बढाउनुपर्छ,’ उनले भने, ‘आयोडिनयुक्त नुनको अधिक सेवनले थाइरोइड ग्रन्थीको कामलाई असर पुर्‍याउँछ ।’

सन् १९६० को दशकमा धेरैलाई आयोडिनको कमीका कारण गलगाँड देखिएको थियो । सन् १९८५ मा ४४.२ प्रतिशत बिरामीमा यो रोग देखियो । नेपालमा आयोडिनको प्रयोग कम भएकाले सरकारले २०४० सालतिर सुई र ट्याब्लेटको माध्यमबाट आयोडिन दिन्थ्यो । सन् २००७ मा ०.४ प्रतिशत बिरामीमा गलगाँड पाइएको थियो ।

विज्ञको सुझाव सरकारले मानेन

यसअघि गरिएको सरकारी अनुसन्धानले पनि भान्सामा चाहिनेभन्दा बढी आयोडिन प्रयोग भएको देखाएको थियो । सन् २०१६ मा सरकारले दातृ निकायसँगको सहयोगमा निकालेको ‘नेसनल माइक्रोन्युट्रियन्ट स्टाटस सर्भे’ मा पनि १५ पीपीएमभन्दा बढी आयोडिन ९१ प्रतिशतले प्रयोग गर्ने गरेको उल्लेख छ । २ हजार १ सय ९ घरबाट नमुना संकलन गरी तयार पारिएको प्रतिवेदनमा हरेक १० परिवारमध्ये ९ परिवारले आयोडिनयुक्त नुन खाने गरेको निष्कर्ष निकालिएको छ । जसमा ६७.५ प्रतिशत घरमा प्रयोग हुने नुनमा आयोडिनको मात्रा ४४.२ पीपीएम रहेको उल्लेख छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले नुनमा आयोडिनको मात्रा के–कति हुनुपर्छ भन्ने विषयमा कर्पोरेसन जिम्मेवार नभएको बताए । आयोडिनको मात्राको विषय खाद्य तथा गुण नियन्त्रण विभागको क्षेत्राधिकारभित्र पर्ने उनको भनाइ छ । गत वर्ष असारमा स्वास्थ्य सेवा विभागको पोषण शाखामा आयोजित बैठकमा विज्ञहरूले नुनको औद्योगिक उत्पादनमा आयोडिनको मात्रालाई ५० पीपीएमबाट घटाएर ३० पीपीएमभित्र राख्न सुझाव दिएका थिए । तर सरकारले उक्त सुझावलाई बेवास्ता गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सरकारको गुणस्तर र मापदण्ड निर्धारणसम्बन्धी केही जानकारी नभएको बताए । ‘पुरानै ऐनअनुसार नै औद्योगिक लेभलमा ५० र रिटेलमा १५ पीपीएम मात्रा हुनुपर्ने मापदण्ड कायम छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने नुनमा आयोडिनको मात्रा धेरै भएर स्वास्थ्य समस्या नदेखिएको दाबी गरे । ‘नुनमा धेरै मात्रामा आयोडिन भएर ठूलो नोक्सान नै भएको पाइएको छैन,’ उनले भने, ‘आयोडिन उडेर जाने र घुलनशील पनि भएकाले बढी हुँदैमा खासै असर गर्दैन ।’ गत वर्ष नयाँ मापदण्डका लागि बसेको बैठकको निर्णयबारे आफू जानकार नरहेको उनको भनाइ छ ।

  • २२ जेष्ठ २०७९, आईतवार ०५:५९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU