अपांगता भएका जनप्रतिनिधिको उत्साहजनक सुरुवात "स्थानीय चुनावमा देशभरबाट अपांगता भएका ४० जनप्रतिनिधि छन्, ०७४ मा ४ जनामात्रै चुनिएका थिए "
काठमाडौँ — विद्यालय व्यवस्थापन समिति, वन समिति र अपांगतासम्बन्धी संघसंस्थाहरूमा आबद्ध भएर लामो समय नेतृत्वदायी भूमिकामा रहेका कैलालीका देवीदत्त कँडेल हालै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीबाट गौरीगंगा नगरपालिकाको प्रमुखमा विजयी भएका छन् । ०७४ मा ६१ मतले पराजित भएका उनले यसपालि प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर जितेका हुन् । ५३ वर्षीय कँडेल शारीरिक अपांगता भएका व्यक्ति हुन् । १३ वर्षको हुँदा रूखबाट लडेर बायाँ हात भाँचिएको थियो, पछि टिटानस भएर हातै काट्नुपर्यो । अपांगता भएकैले अपमानित हुनुपरेको, कार्यक्षमता र दक्षता हुँदाहुँदै पनि अवसरका लागि संघर्ष गर्नुपरेको जस्ता अनुभवका चाङ उनीसँग छ । ‘अवसर पाए हामी पनि काम गर्न सक्छौं भन्ने अरूलाई बुझाउने र अपांगता भएका अरू साथीहरूलाई आत्मबल बढाउने गरी काम गर्नुछ,’ उनले भने ।जिम्मेवारी सम्हाल्दै गर्दा उनको बढी ध्यान स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासमा छ । अघिल्लो कार्यकालका जनप्रतिनिधि सडक तथा भौतिक संरचना निर्माणमा केन्द्रित भएकाले उनी सामाजिक विकासलाई प्राथमिकता दिने पक्षमा छन् । ‘भौतिक पूर्वाधारमात्रै विकास होइन, सडक बनायो, कालोपत्रे गर्यो, गाईबस्तु सडकमा छाडा छोड्यो भने सडकको औचित्य हुन्छ त ?’ उनी भन्छन्, ‘जबसम्म लक्षित वर्गका लागि सामाजिक विकास गर्न सकिँदैन, शिक्षित र सचेत बनाउन सकिँदैन, विकासले अर्थ राख्दैन । त्यसैले सामाजिक पाटाहरूमा काम गर्ने लक्ष्य लिएको छु ।’ मुक्त कमैया, विपन्न, गरिब, अपांगता भएका समुदायलाई स्वरोजगार बनाउने, कृषिमा नगरपालिकालाई आत्मनिर्भर बनाउने, स्वास्थ्य सेवा र सहुलियत पर्याप्त उपलब्ध गराउने उनले बताए । संरचना अपांगतामैत्री बनाउने, स्थानीयका समस्या र आवश्यकतालाई बुझ्दै उपलब्ध स्रोत–साधनबाट जनमैत्री काम गर्ने उनको योजना छ ।
![]()
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया