कैलालीमा एक प्रहरीले आफैलाई गोली हाने
धनगढी, २२ फागुन/प्रहरी चौकी कालाकुण्डा कैलालीका प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् ।
डिउटीका क्रममा रहेक झंकर बोहराले १२ बजे तिर आफैले बोकेको एसएलआर चिउडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रशाद जोशीले जानकारी दिए ।
गोली लागि घाईते प्रहरी बोहराको अहिले प्रहरी अस्पताल काठमाण्डौमा उपचार भैरहको जनाएको छ । उनी अहिले बोल्न सक्ने भएको बताईएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया