एलपीएलको सर्वाधिक छिटो अर्धसतकीय पारी सन्दीप खत्रीको नाममा
धनगढी,६ फागुन / धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भइरहेको पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल एकेडेमी सामु २१० रनको विशाल लक्ष प्रस्तुत गरेको छ । सत्यवतीका लागि सन्तोष कार्कीले ३९ बलमा ८० र सन्दीप खत्रीले १२ बलमा ५० रनको पारी खेले । सत्यवतीले १९.४ ओभरमा अल आउट हुँदै २०९ रन बनायो । बलिङ तर्फ दिनेश अधिकारी, जानु कस्गर, विशाल विक्रम केसीले समान २/२ विकेट लिए ।
आजको आक्रामक इनिङ्ससँगै एलपीएलको सर्वाधिक छिटो अर्धसतकीय पारी सन्दीप खत्रीको नाममा दर्ज भएको छ । यस अघि एलपीएलमा सुवास ऐरले १४ बलमा ५० रन बनाएका थिए । सन्दीपले सुवासको रेकर्ड ब्रेक गरेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया