सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

तरबारको सामान तरबार बाटै गरिने छ :विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलित शब्दलाई विश्व शब्दकोश र कानुनबाट हटाउनु पर्ने बताएका छन् ।
धनगढी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलित शब्दलाई विश्व शब्दकोश र कानुनबाट हटाउनु पर्ने बताएका छन् । शनिवार नेपाल दलित मुक्ति मोर्चाको धनगढीमा हुने पाँचौँ राष्ट्रिय सम्मेलनको धनगढीमा उद्घाटन समारोहमा सम्बोधनका क्रममा महासचिव विप्लवले सो कुरा बताएका हुन् ।

उनले सबैको रगत, श्रममा कुनै भेदभाव नभएको बताउँदै दलित शब्द लाई खारेज गर्नु पर्ने बताए । संसारमा उच्च जाती र नीच जाती नभएको तर समाजमा बलिया र अगाडि बढेकाहरूले श्रमिक बर्गलाई हेप्न खोज्नेहरूले यस्तो छुट्याएको बताए । उनले जातीयबाद विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी डटेर लाग्ने बताए ।

जातीय भेदभाव गर्नेहरू अरूको पसिना लुटेर खान खोज्नेहरू रहेको बताउँदै चन्दले तरबार र बन्दुकको बलमा विभेद गर्न खोजिन्छ भने तरबारको सामान तरबार बाट गर्ने चेतावनी दिँदै विप्लवले कानुन र पैसाको भर कसैले भेदभाव गर्न चाहन्छ भने त्यसको विरुद्ध प्रतिकार गर्न नेपाल कम्युनिस्ट पार्टी सधैँ अग्रपंतिमा उभिने बताए ।

महासचिव नेत्रविक्रम चन्दले माओवादी केन्द्रसंग एकता हुने बताएका छन ।

‘अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ज्यू विभिन्न ठाउँमा भाषण गर्दै हामी फेरि फर्कन्छौ भन्दै छन’ उनले भने –‘हामी एकता गर्ने हो । हामी निश्चित रुपले एक हुनेनै हो । तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ ।’

उनले संसदबादको दलदल, विदेशी चलखेलका विरुद्ध आवाज उठाउन र गरिव, उत्पीडित वर्ग, समुदाय, कृषकका पक्षमा पार्टी लागेमा मात्र एकता सम्भव रहेको बताए ।

उनले सरकारले पार्टीलाई प्रतिवन्धबाट हटाउदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको बताए । हामीसंग सरकारले तीन वुँदे सहमति गरेको एक वर्ष भइसकेको छ उनले भने –‘अहिले पनि हाम्रा कतिपय साथीहरु जेलमै छन । दुई जनाको जेलभित्रै मृत्यु भइसकेको छ । तीन बुँदे सहमति लागू गर्दैन भने सरकार शान्ति प्रक्रियाका विरुद्ध लागेको पार्टीले महशुस गरेको छ ।’

उनले आफनो पार्टीले संसदीय प्रणालीनै असफल भएको बताउदै आफनो पार्टीले अहिलेको संविधान नमानेको बताए । ‘यो संसदीय व्यवस्था उचित होइन । हामी संविधान मान्दैनौं’ उनले भने –‘यो संविधान आम जनताको भन्दा पनि भ्रष्ट, दलाल, पुँजिवादीको हितमा छ ।’ उनले व्यवस्था फेरिए पनि अहिलेसम्म जनताले कुनै अधिकार पाउन नसकेको बताए ।

महासचिव विप्लवले जनताका अधिकार, कुप्रथा, वेथिति हटाउन सबै उत्पीडित वर्ग, जाती, समुदाय एक हुनुपर्ने बताए । महासचिव चन्दले सत्ता कब्जा गर्न सफल वर्गले दलितमाथि विभेद गरेको बताए । दलित यो धर्तिका मालिक हुन् ।

जति अरु जातीको यो अर्धिमा अधिकार छ त्यती दलितको पनि अधिकार छ यो जातीप्रथाको हामी बिरोध गर्दर्छौ उनले भने ‘अहिलेको कथित सत्ताभित्र सबै वर्ग छन् तर त्यो सत्तामा भएको उपलब्धी भएन । तल र माथि गर्ने काम सत्ता कब्जा गर्ने दलालहरुले गरेका हुन् अब यो दलित भन्ने सब्दनै हटाउनुपर्छ यो कथित सत्तामा जानका लागि मन्त्री खाने, सांसद खाने लोभले नजानुस साथीहरु विभेद गर्नेहरुका पछि नलाग्नुस ।’

  • २८ कार्तिक २०७८, आईतवार ०६:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU