सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः
"बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक "

धनगढी । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको एउटा विधा बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शन र लोकप्रियताको आधारमा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ । पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पर्नेहरुमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी छन।

दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, लाईफटाईम अचिभमेन्ट अवार्ड विधा प्रायोजक सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र स्पेशल अवार्ड विधा प्रायोजक न्यु सिटी पोलि क्लिनिकका सञ्चालक भरत कुँवरले मनोनयन सार्वजनिक गरे । सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले यो विधालाई प्रायोजन गरे साथ दिएका छन् । त्यही भएर यो बिधाको नाम बिवाईसी पिपुल च्वाईस अवार्ड रहेको छ ।

विजेताको घोषणा सर्वसाधारणले एसएमएस र फेसबुक मार्फत तथा खेलकुद पत्रकार र र प्रशिक्षकको मतको आधारमा हुनेछ । फेसबुकमा भोटका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाईक गर्न सकिने मञ्चका महासचिव तथा अवार्डका संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम स्पोर्टस अवार्डको फेशबुकमा गएर आफूलाई मनपर्ने खेलाडीको प्रोफाईलमा लाईक गर्ने सकिने व्यवस्था गरिएको छ । तीनै जना खेलाडीहरुको तीन वटा फोटो एकै पटक हालिएको प्रोफाईल र अलग अलग हालिएको प्रोफाईलमा गएर लाईक गर्न सकिने पाठकले बताए । दुबै फोटोहरुमा गरिएको लाईक गणना हुनेछ ।

मोबाईल भोटिङका लागि मनोनयनमा परेका खेलाडीको कोड बनाईएको महासचिव पाठकले बताए । मोबाईल एसएमएसका लागि गौरीका सिंहलाई १, अन्जली चन्दलाई २ र सरस्वती चौधरी ३ नम्बर कोड दिईएको छ । मोबाईलको म्यासेज बक्समा गएर एसएसए लेखेर एक स्पेसपछि मन परेको खेलाडीको कोड १, २ वा ३ लेखेर ३८६८७ मा एसएमएस गर्न सकिनेछ । भोटिङ लाईन आजैबाट सुरु भई चैत ४ गते राति  १२ः०० बजेसम्म खुला रहनेछ । एसएमएस भोटिङको मतभार ५० प्रतिशत रहनेछ । फेसबुक पेजको २५ प्रतिशत र पत्रकार,  प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लबर बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ । त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।  यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार १२:२९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU