कोरोनाले विश्वभर एकैदिन ९ हजारको मृत्यु
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ ।
संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।
विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै २ लाख ८९ हजार ७४८ जनामा संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८६५ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख नाघेको छ ।
संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २५ लाख १६ हजार ७३१ मध्ये ८९ हजार २१६ को अवस्था गम्भीर छ ।
Source- Khabarhub.com
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया